२०८२ फागुन ९ गते | 21st of February 2026

एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस सभामुखले कार्यान्वयन नगर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १३ गते १६:०४

काठमाडौं –  सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्।  निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्।  प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको बताए। ‘एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो।

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *