२०८२ पुष २८ गते | 12th of January 2026

हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २२ गते १५:३३

काठमाडौं– अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको ३ सातापछि तालिबानले सरकार घोषणा गरेको छ।  तालिबान समूहले हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने जनाएको छ।

तालिबान प्रवक्ता जबिहुल्ला मुजाहिदले तालिबानका संस्थापक मुल्लाह गनी बरादर उपप्रधानमन्त्री हुने बताएका छन्।  अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेपछि ३ साता अगाडि तालिबान समूहले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो।  हसन अखुन्दको नेतृत्वमा मन्त्रिपरिषद्‌ गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *