२०८२ पुष ७ गते | 22nd of December 2025

ओलीसँग सभामुखको फोन सम्पर्क हुन सकेन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २८ गते १२:४९

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । दुई घण्टासम्म छलफल भएपनि प्रमुख प्रतिपक्ष दल नै उपस्थित नभएपछि कुनै निष्कर्षमा नपुगी बैठक  सकिएको हो।

प्रमुख प्रतिपक्ष दल एमालेको उपस्थितिका लागि दलका नेता केपी शर्मा ओलीसँग फोन सम्पर्क नै हुन नसकेको ब्रिफिङ सभामुख अग्नि सापकोटाले गरेका छन्। सर्वदलीय बैठक आव्हानपछि सोमबार बिहान एक घण्टा प्रयास गर्दा पनि फोन सम्पर्क हुन नसकेको सभामुख सापकोटाले जानकारी गराएको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *