२०८२ फागुन ३० गते | 14th of March 2026

अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने नेकपा एमालेमा प्रस्ताव

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ३ गते १३:४८

काठमाडौं-   नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव गरिएको छ। आइतबारदेखि सुरू स्थायी कमिटीको बैठकमा पेस भएको प्रस्तावित विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव महाधिवेशनबाटै निर्वाचित गर्ने उल्लेख छ। स्थायी कमिटीले पारित गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ। केन्द्रीय कमिटीले त्यसलाई अन्तिम रूप दिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान अधिवेशनमा पेस हुनेछ। यसअघि केन्द्रीय कमिटीले तयार पारेको प्रस्तावमा अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने प्रावधान राखिएको थियो। अध्यक्ष बाहेकका सबै पदाधिकारीलाई केन्द्रीय कमिटीले चुन्ने प्रावधान राखिएको थियो । प्रस्तावित विधानमा अध्यक्षसहित ३ उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव र ७ जना सचिवको प्रावधान राखिएको छ।
त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरिएको छ भने ७ सदस्यीय सचिवालयको प्रावधान छ।पोलिट ब्युरोको प्रावधान भने हटेको छ। २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ। त्यस्तै ७० वर्षपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने प्रावधान पनि कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *