२०८२ कार्तिक २३ गते | 8th of November 2025

केपी शर्मा ओलीले दायर गरेको मुद्दा हेर्दा हेर्दैमा

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ४ गते १४:०२

काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट ‘हेर्दा हेर्दै’ मा राखिएको छ।  सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो।

निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरेका भएपनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा राखिएको हो। बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए। अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल,  महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका हुन्।    माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *