२०८३ भदौ ६ गते | 22nd of August 2026

देशभर वर्षा, काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा हिमपात

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १४ गते ११:४७

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण आज बिहानदेखि देशभर वर्षा र हिमपात भइरहेको छ।  काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा हिमपात पनि भएको छ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि, फुलचाेकी, शिवपुरीलगायत  डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने उपत्यका आसपासका डाडाँमा यो वर्ष पहिलोपटक हिउँ परेको हो।

वर्षा र चिसो बढेसँगै जनजीवन कष्टकर भएको छ।