२०८२ फागुन २८ गते | 12th of March 2026

माघ महिनाभर बिधालय नखोल्न सिफारीस

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १४ गते १३:०३

काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो।  कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो।