२०८२ फागुन २८ गते | 12th of March 2026

एक किलो अर्धठोस सुनसहित बंगलादेशी नागरिक पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ९ गते १४:०५

काठमाडौं- करिब एक किलो अर्धठोस सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्। सुन संकलन गर्ने भारतीय नागरिक पारश नाथ साहसमेत पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।

हिमालय एयरलायन्सको उडान नम्बर एज९५६६ नम्बरको फ्लाइटमा दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद टोफिक उल्लाह र भारतीय नागरिक पारश नाथ साह पक्राउ परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता हिमालय कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बंगलादेशी नागरिक मोहम्मदले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाइ अर्धठोस सुनको एक थान पोका र भित्री वस्त्रमा लुकाएर ल्याएको अर्को अर्धठोस सुन एक थान फेला परेको थियो।
दुबैको तौल ९३५ ग्राम र ७७ लाख १९ हजार ६६० मूल्य बराबरको रहेको बताइएको छ। पक्राउ परेका दुवै जनालाई भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।