२०८२ फागुन ९ गते | 21st of February 2026

अमेरिका नेपाल सोसाईटी, क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा लक्ष्मण नेपाल निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०८१ वैशाख २८ गते ३:३०

लस एन्जलस – अमेरिका नेपाल सोसाईटी, क्यालीफोर्निया राज्यको नयाँं अध्यक्षमा लक्ष्मण नेपाल चयन भएका छन । अमेरिकी नेपाली समाजको सबैभन्दा पुरानो एक संस्था एनएसका संस्थापक वेदभक्त जोशीको प्रमुख आतिथ्यतामा भर्खरै सम्पन्न भेलाले नेपालको अध्यक्षतामा नव-निर्वाचित कार्यसमिती चयन गरेको छ ।

अमेरिकी नेपाली समाजका अभिभावक, अझै लस एन्जलस क्षेत्रका पूजनीय व्यक्तित्व बेदभक्त जोशीको समुपस्थितीमा निर्वाचन कहिल्यै हुंदैन । उहांको निश्चल व्यक्तित्व, सरल अभिभाकत्व र ओझिलो आड एवम भरोषामा लस एन्जलस नतमस्तक छ । उहांकै आग्रहमा निर्विरोध निर्वाकित कार्यसमिती यस प्रकार रहेको छ ।

America Nepal Society (ANS) – ANS Website

अध्यक्ष – लक्ष्मण  नेपाल
उपाध्यक्ष – कर्ण चन्द
उपाध्यक्ष – खेमराज ढकाल
सचिव – सगुन श्रेष्ठ
सह – सचिव – शारदा श्रेष्ठ
कोषाध्यक्ष – मोहन निउरे
सदस्य – सुनिता केसी

सन १९७२ मा स्थापना भएको अमेरिकामा नेपालीहरूको सबैभन्दा पुरानो एक संस्था, अमेरिका नेपाल सोसाईटी अफ क्यालीफोर्नियाका पुर्व अध्यक्ष एकदेव शर्मा, पुर्व अध्यक्ष तथा निर्वाचन समितीका संयोजक चिरन्जिवी गौतमको समितीले नव अध्यक्षमा नेपाल निर्वाचित भएको जनाएका थिए । कार्यक्रममा भूतपुर्व अध्यक्ष अर्जुन त्रिपाठीले संस्थाको स्थापना र कृयाकलापबारे प्रकाश परेका थिए ।