२०८३ भदौ २६ गते | 11th of September 2026

बडादशैंमा ‘मनको माईक्रोबस’ : एउटा सांगितिक भेट

खुल्लामन्च
 प्रकाशित: २०८१ असोज २० गते २२:५४

टेक्सास – बिगत लामो समयदेखि अमेरिकाको टेक्ससमा रहेर समाजसेवाको क्षेत्रमा क्रियाशील अमर क्षेत्री गीत संगीतमा पनि सक्रिय हुन थालेका छन्।

अमर क्षेत्री फाउन्डेसन नामक संस्थाबाट विभिन्न सामाजिक कार्यहरू मार्फत नेपालमा रहेका दुःखी पीडितहरूको लागि सहयोगी हात बढाइरहेका अमरले चर्चित गायिका मेलिना राईसँगको सहकार्यमा मनको माइक्रोबस नामको नयाँ गीत सार्वजनिक गरेका हुन् ।

यसै साता डालसमा अवस्थित नाङ्लो रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच चर्चित गायक निमा रुम्बा, संगीतकार आलोकश्री लगायतका पाहुनाहरूले अमरको “मनको माइक्रोबस “ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । अमरको आफ्नै शब्द तथा अल्मोडा राणा उप्रेतीको संगीत संयोजन रहेको उक्त गीतको म्युजिक भिडियो “ अमर क्षेत्री म्यूजिक “ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरीएकोछ।

उक्त म्युजिक भिडियोमा नेपालको चर्चित डांसिंग ब्यान्ड कार्टुन क्रुजको अभिनय तथा निर्देशन रहेको छ भने भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

भिडीयो :