२०८२ फागुन ३० गते | 14th of March 2026

इरान इजरेल युद्धले चर्किएको तनावका माझ स्वदेश फर्किए ट्रम्प

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ३ गते १३:४१

अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ।ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका थिए।अमेरिकाले आफ्ना थप सैन्य स्रोतहरू उक्त क्षेत्रमा परिचालन गर्न लागेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताए। तर बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अधिकारीहरूले अमेरिका इजरेलको आक्रामक कारबाहीमा सामेल नहुने बताएका छन्। जी सेभेन देशका नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए। तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्कने भएका छन्।
ह्वाइट हाउसले क्यानडा भ्रमणमा ट्रम्पले अपेक्षित सफलता प्राप्त गरिसकेको बताएको छ – जसमध्ये यूकेका प्रधानमन्त्री केअर स्टार्मरसँग ट्यारिफ सम्झौतामा हस्ताक्षरसहित। ट्रम्प फर्किए पनि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई शिखर सम्मेलनका बाँकी बैठक आयोजना गर्नु पर्ने छ। जी सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ।
विविसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *