२०८२ असोज ३ गते | 19th of September 2025

थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनकाे आदेश

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन २० गते १५:२४

काठमाडौँ- राजावादीले चैत १५ मा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंलाई तीन लाख रुपैयाँ, सुशील बराल, सरोज गौतमलाई ५०/५० हजार र दण्डपाणि रेग्मीलाई १० हजार धेरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

चैत १५ को प्रदर्शन हिंसात्मक हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *