२०८२ असोज ३ गते | 19th of September 2025

भारतको उत्तराखण्डमा अत्यधिक वर्षा पछि बाढी र पहिरो

खुल्लामन्च
 प्रकाशित: २०८२ साउन २१ गते १५:२१

नयाँ दिल्ली- भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठुला पहिरो निम्त्यायो । धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ ।

टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठुलो विनाश गरिरहेको देखिएको छ । हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ । प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ ।स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ । प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । पूरै क्षतिको मूल्याङ्कन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *