लस एन्जलस – दक्षिण क्यालिफोर्निया, लस एन्जलस क्षेत्र वरपर बस्ने नेपाली समुदायमा बिभिन्न सामाजिक सेवा गर्दै आईरहेको नेवा अर्गनाईजेशन अफ साउथर्नले आगामी आईतवार ईन्द्रजत्र कार्यक्रम आयोजना गर्दैछ । आफ्नो स्थापनाकालदेखी नै लस एन्जलसमा नेपाली कला तथा नेवारी संस्कृतिको जगेर्नाका खातिर निरन्तर कार्य्क्रम गर्दै आईरहेको नेवा समाजले यस वर्ष पनि ईन्द्र जात्रा कार्यक्रमलाई निरन्तरता दिएको छ । Newah Organization of America (Southern California Chapter) ले आगामी सेप्टेम्बर ७, आइतबार २०२५ का दिन भव्य रूपमा येँयाः पुन्हि (इन्द्र जात्रा) — Festival of Nepal को आयोजना गरेको हो ।
गत हप्ता मात्र ४३ जनाले रक्तदान गरेका रक्तदा कार्यक्रमको आयोजना गरेको यस संस्थाले स्थानिय Don Knabe Community Regional Park, Cerritos, California मा बिहान ११:३० बजेबाट दिउँसो ४:३० बजेसम्म ईन्द्रजात्रा कार्यक्रमको आयोजना गरेको छ । यस उत्सवमा सहभागीहरूले घरमै बनेको समय बजी, स्वादिष्ट नेवार परिकार, लाइभ नेवार फुड कुकिङको विशेष मजा लिन सक्नेछन्। साथै बालबालिकाका लागि छुट्टै Kids Meal पनि उपलब्ध कुरा नेपाली समाज, लस एन्जलसका अगुवा बिबेक श्रेष्ठले बताए ।
प्रवेश शुल्क :
– वयस्क: $25.00
– बालबालिका (१० वर्ष माथि): $15.00
– १० वर्ष मुनि: निःशुल्क प्रवेश
ईन्द्र जात्रा झांकी, नेवारी समुदायको मौलिक संस्कृतिको जीवन्त प्रदर्शन हुने कार्यक्रममा परम्परागत नाच–गान एवम सांस्कृतिक प्रस्तुति रहने संस्थाका अध्यक्ष कन्हैया श्रेष्ठले बताए । सात समुन्द्र पारीको प्रवासमा इन्द्र जात्रा मनाउनु समुदायबीचको एकता र नेपाली पहिचानलाई अझ मजबुत बनाउने अभियान रहेको बताउंछन, अध्यक्ष श्रेष्ठ । उनले यो बिशेष अवसरमा आफ्नो सहभागीताका लागि सम्पूर्णमा औरोध गरेका छन ।
👉 सम्पर्कका लागि:
Kanhaiya: 562-441-6019
Kosish: 714-271-4201
Bibek: 562-889-9935
Durga: 562-250-7894
इन्द्र जात्रा :
इन्द्र जात्रा (नेवारी भाषामा येँयाः पुन्हि) काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा ठूलो सांस्कृतिक–धार्मिक पर्वमध्ये एक हो। यो जात्राले नेपाली समाजमा संस्कृति, श्रद्धा, उत्सव र एकताको प्रतिक बनेको छ।
ऐतिहासिक पृष्ठभूमि :
-
इन्द्र जात्रा प्राचीन समयदेखि मनाइँदै आएको पर्व हो।
-
यसलाई विशेषगरी इन्द्र देवता (वर्षा र उर्वराका देवता) को सम्मानमा मनाइन्छ।
-
परम्परागत कथा अनुसार, इन्द्रकी आमालाई “पारिजातको फूल” चाहिएको थियो। फूल लिन काठमाडौं झरेका इन्द्रलाई मानिसहरूले चोर ठानेर बाँधिदिएका थिए। पछि देव–मानवबीच मेलमिलाप भई उहाँलाई सम्मानका साथ पूजा गरिएको मान्यता छ।
-
यसै अवसरमा मानिसहरूले इन्द्रको पूजा गरी वर्षा, उर्वरा र समृद्धिको कामना गर्ने चलन सुरु भएको हो।
मुख्य आकर्षण :
-
काठमाडौंको हन्मानढोका दरबार क्षेत्रमा सुरु हुने यो जात्रा आठ दिनसम्म धुमधामका साथ मनाइन्छ।
-
जात्राको आरम्भमा विशाल लिङ्गो (यः सि) गाडिन्छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ।
-
यसमा मास्क डान्स, देवी–देवताको झाँकी, परम्परागत बाजागाजा, गायक–नर्तक, रथयात्रा आदि देख्न पाइन्छ।
-
कुमारीको रथयात्रा इन्द्र जात्राको सबैभन्दा महत्वपूर्ण आकर्षण हो। जीवित देवी कुमारीलाई रथमा चढाएर काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न गल्ली–टोलमा परिक्रमा गराइन्छ।
धार्मिक र सामाजिक महत्त्व :
-
इन्द्र जात्रा देवत्व र मानवीय जीवनबीचको सम्बन्धलाई झल्काउने पर्व हो।
-
यसले वर्षा, कृषिको उर्वरता, समृद्धि, शान्ति र शुभताको प्रतीक बोकेको छ।
-
सामाजिक दृष्टिले, यो जात्राले उपत्यकामा बस्ने नेवार समुदाय मात्र नभई सम्पूर्ण नेपालीलाई एउटै उत्सवमा जोड्ने कार्य गर्दछ।
-
जात्राको समयमा एकताको भावना, सांस्कृतिक प्रदर्शन र सामूहिक खुशी देख्न पाइन्छ।
प्रवासमा इन्द्र जात्रा :
आजकाल काठमाडौं मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि इन्द्र जात्रालाई भव्य रूपमा मनाउन थालेका छन्। यसले प्रवासमा बस्दा पनि आफ्नै जरा, परम्परा र संस्कृतिसँग जोडिरहन मद्दत पुर्याएको छ।