२०८२ पुष ८ गते | 23rd of December 2025

नेपाली जनसम्पर्क समिति, दक्षिण क्यालिफोर्नियाको सभापतिमा रामचन्द्र लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०८२ पुष ८ गते १४:५७

लस-एन्जलस – नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरको सभापतिमा रामचन्द्र लामिछाने निर्वाचित भएका छन् । नेपाली काग्रेसको निर्देशानुसार बिदेशमा सक्रिय पार्टी समर्थित सस्थाहरुले अधिवेशन गर्नैपर्ने बाध्यताविच लास एञ्जलसमा शनिबार सम्पन्न तेस्रो अधिवेशन अधिवेशनले लामिछानेलाई सवर्सम्मतिले सभापति निर्वाचित गरेको छ ।

श्रीपशुपतिनाथ फ़ाउण्डेशनको सभा हलमा सम्पन्न उद्घाटन सत्रमा च्याप्टरले करिब १२ वर्षसम्म आफुले गरेको सामुदायिक सक्रियताको चर्चा, केही विधान संशोधन र निर्वाचन प्रक्रिया शुरु गरेको थियो । विश्व सुवेदी (बास) संयोजक, सुर्य प्रसाई र जोशेफ घले सदस्य रहेको निर्वाचन समितिले लस एञ्जलस च्याप्टर सभापतीमा उम्मेदवार रहेका रामचन्द्र लामिछाने र राजेश निरौलाबिच आपसी समझदारीमा राजेश निरौलाले रामचन्द्र लामिछानेलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका निर्णय सुनाएको थियो ।

हिमालयन ग्रील, लंग विचमा नव-निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम आयोजना भएको थियो । नेजस, लस एञ्जल्स च्याप्टरका सभापतित्वमा सम्पन्न कार्यक्रममा महावाणिज्यदुत ऋषि ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । नेपाली काग्रेस महासमिति सदस्य टिका चौधरी, नेजस केन्द्रीय सदस्य गोकुल ढकाल, श्रीपशुपतिनाथ फ़ाउण्डेशनका अध्यक्ष बिमल श्रेष्ठ तथा लास एञ्जलसमा सक्रिय सामुदायिक सस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको कार्यक्रममा उपस्थिति थियो ।

नव-निर्वाचित सभापती लामिछाने, अजित घिमिरे र प्रविण घिमिरे उपसभापति, विवेक श्रेष्ठ महामन्त्री, युगमणि गुरुङ्ग सह- महामन्त्री, शमशेरबहादुर भण्डारी कोषाध्यक्ष सहित १५ सदस्य कार्यसमिति निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *