लस एन्जलस – LA Gurung Society को आयोजनामा तमु समुदायको महान पर्व तमु ल्होसार २०८२ यस वर्ष पनि अमेरिकाको क्यालिफोर्नियास्थित हन्टिङटन बिचमा भव्य रूपमा मनाइने भएको छ। डिसेम्बर २८, आइतबार साँझ ६ बजेदेखि मध्यरातसम्म आयोजना हुने यस विशेष सांस्कृतिक कार्यक्रममा नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त बनाइने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा चर्चित गायक मिलन लामा, लोकप्रिय गायिका दुर्गा माया गुरुङ तथा सुस्मिता जी बिस्वा को विशेष सांगीतिक प्रस्तुति रहनेछ। उनीहरूको प्रस्तुतीले तमु ल्होसारको उमंगलाई अझै रंगीन र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम Himalayan Grill, Huntington Beach मा आयोजना हुनेछ। सहभागीहरूका लागि प्रवेश शुल्क ५० अमेरिकी डलर तोकिएको छ, जसमा डिनर र ड्रिंक्स समेत समावेश गरिएको आयोजकले जनाएको छ।
LA Gurung Society ले तमु ल्होसारलाई केवल पर्वको रूपमा मात्र नभई, प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, संस्कृतिको संरक्षण र नयाँ पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरको रूपमा मनाउँदै आएको छ।
आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।
थप जानकारीका लागि :
सम्पर्क व्यक्ति: जोसेफ घले
फोन: 323-331-8661