२०८२ चैत १७ गते | 31st of March 2026

लस एन्जलस नेपाली समाजबिच कूटनीतिक तथा सामुदायिक भेटघाट सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०८२ चैत १७ गते ६:३७

लस एन्जलस, क्यालिफोर्निया – दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदाय र कूटनीतिक प्रतिनिधिहरूबीच महत्वपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको “नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट अपर्च्युनिटी कार्यक्रम” हिजो सफलतापूर्वक सम्पन्न भएको छ।May be a graphic of text

नेपाली राजदुतावास अमेरिका, महावाणिज्यदुतावास सान-फ्रान्सिस्को र महावाणिज्यदुतावास सान-डियगोको संयुक्त तत्वआबाधानमा हिमालयन ग्रिल, हन्टिङ्टन बिचमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कूटनीतिक अधिकारीहरू, व्यवसायीहरू तथा दक्षिणी क्यालिफोर्नियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मानार्थ महावाणिज्यदूत ऋषि ढकालले गर्नुभएको थियो।May be an image of table

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका चार्ज डी’अफेयर्स महामहिम शरद राज अरनको उपस्थिति रहेको थियो। त्यसैगरी, विशेष अतिथिहरूमा सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मण खनाल, उहाँकी धर्मपत्नी अमृता अधिकारी, नेपाली दूतावास वाशिङ्टन डीसीका रक्षा तथा सैनिक सहचारी ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल सहभागी हुनुभएको थियो।May be an image of table

कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूमा सान फ्रान्सिस्कोस्थित नेपाली कन्सुलेटका कन्सुल देवदूत ढकाल, उप–कन्सुल श्रीषा पोखरेल तथा बिमला ढकालको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात मानार्थ महावाणिज्यदूत ऋषि ढकालको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले दक्षिणी क्यालिफोर्नियामा नेपाली समुदायको एकता र सक्रियतालाई प्रशंसा गर्दै यस्ता कार्यक्रमले सम्बन्ध अझ मजबुत बनाउने बताउनुभयो।May be an image of table

त्यसपछि दक्षिणी क्यालिफोर्नियाका विभिन्न नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै बिमल श्रेष्ठले समुदायका तर्फबाट धारणा राख्नुभयो। उहाँले यहाँ बस्ने नेपालीहरूको समस्या, अवसर र सामूहिक प्रयासबारे प्रकाश पार्नुभयो। सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूत लक्ष्मण खनालले आफ्नो मन्तव्यमा कन्सुलेटले समुदायलाई सेवा दिन निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो।May be an image of lighting, table and crowd

प्राध्यापक रामेश्वर भन्डारीले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि शरदराज अरनले नेपालको प्रतिनिधित्व गर्दै विदेशमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण रहेको र दूतावास सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालमा रहेका विभिन्न लगानीका अवसरहरू, व्यापार साझेदारी, नेपाली उत्पादनहरूको निर्यात सम्भावना, पर्यटन तथा आतिथ्य क्षेत्र, साथै आईटी, ऊर्जा, कृषि र पूर्वाधार क्षेत्रमा रहेका सम्भावनाहरूबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।May be an image of table

यसैगरी, अमेरिकी व्यवसायी र नेपाली उद्यमीहरूबीच नेटवर्किङ गर्दै नयाँ व्यवसायिक सम्भावनाहरूको खोजी गरिएको कार्यक्रमको अन्त्यतिर राखिएको प्रश्न–उत्तर सत्रले विशेष आकर्षण पाएको थियो। सहभागीहरूलाई “आफ्नो नाम र पेशा बताएर प्रश्न राख्न” अनुरोध गरिएको थियो।May be an image of one or more people, people studying and table

यस सत्रमा उपस्थित नेपालीहरूले आफ्ना जिज्ञासा, समस्या तथा सुझावहरू प्रत्यक्ष रूपमा कूटनीतिक प्रतिनिधिहरूसमक्ष राख्ने अवसर पाएका थिए। कार्यक्रमले नेपाली कूटनीतिक निकाय र अमेरिकी भूमिमा रहेका नेपाली समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता अन्तरक्रियाले विदेशमा रहेका नेपालीहरूको आवाजलाई सम्बोधन गर्न र सेवाहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *