२०८३ भदौ २१ गते | 6th of September 2026

Himalayan Grill द्दारा बाढीपीडितका लागि १५ हजार डलरभन्दा बढी सहयोग संकलन

खुल्लामन्च
 प्रकाशित: २०८३ भदौ २१ गते ५:५२

क्यालिफोर्निया। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि क्यालिफोर्नियाको हन्टिङटन बिचमा आयोजित सामुदायिक सहयोग अभियानबाट १५ हजार अमेरिकी डलरभन्दा बढी संकलन भएको छ।

हन्टिङटन बिचस्थित हिमालयन ग्रिलका सञ्चालक एवं समाजसेवी अमृत महतोको संयोजनमा आयोजित कार्यक्रममा नेपाली तथा अमेरिकी समुदायका सदस्य, स्थानीय संघ–संस्था, व्यवसायी, समाजसेवी र शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आयोजकका अनुसार संकलित सहयोग रकम नेपालका बाढीपीडित परिवारहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष पठाइने भएको छ। “हरेक डलर महत्त्वपूर्ण छ र हरेक मिनेटको मूल्य छ” भन्ने भावनासहित समुदायले छोटो समयमै उल्लेखनीय सहयोग जुटाएको हो।

कार्यक्रममा हन्टिङटन बिचका मेयर Casey McKeon, काउन्सिल सदस्य Pat Burns, Sunset Beach Women’s Club का प्रतिनिधिलगायत स्थानीय समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति र समर्थन रहेको थियो। नगरको आधिकारिक विवरणले पनि Casey McKeon लाई हालका मेयर र Pat Burns लाई काउन्सिल सदस्यका रूपमा उल्लेख गरेको छ।

यस मानवीय अभियानमा Shree Pashupatinath and Buddha Mandir, Nepal America Ekata Samaj, 8848 Entertainment Los Angeles, Hami LA Basi Nepali, Himalayan Grill HB, PNSSA California Chapter, UNDO, Jay Nepal Foundation लगायत विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी बिमल श्रेष्ठ, रामबाबु पाण्डे, रामेश्वर भण्डारी, अजित घिमिरे, रमेश श्रेष्ठ, Chris Meyer, MystiQue Mac, Kiran Thulung Rai, Pesal Thapa, Bhu Wa Niure, Rajesh Panday, Indraraj Panday तथा परिवार, Nabin K. Pokhrel र Krishna Koirala लगायतका सहयोगी तथा समाजसेवीप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्।

आयोजक अमृत महतो नेपाली समुदायमा सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। दुःख र संकटका समयमा सहयोगका लागि सधैँ अग्रसर रहने महतोको पहलले नेपाली र अमेरिकी समुदायलाई एउटै मानवीय उद्देश्यमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

यस अभियानलाई सफल बनाउन उदार सहयोग गर्ने City of Huntington Beach, Orange County का छिमेकी समुदाय, स्थानीय नेतृत्व, संघ–संस्था, स्वयंसेवक तथा प्रत्येक दाताप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

नेपालको दुःखमा साथ दिँदै आशा, राहत र पुनर्निर्माणको आधार तयार गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई सलाम। नेपाली र अमेरिकी समुदायको यो ऐक्यबद्धता सदैव स्मरणीय रहनेछ।

धन्यवाद, अमृतजी !
धन्यवाद हन्टिङटन विच !
धन्यवाद Orange County !
Together for Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *