२०८३ असोज ८ गते | 24th of September 2026

नेपालका बाढीपीडितको सहयोगार्थ सेरिटोसमा च्यारिटी फुटबल प्रतियोगिता हुने

खुल्लामन्च
 प्रकाशित: २०८३ असोज ८ गते ५:०८

सेरिटोस, क्यालिफोर्निया। नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले सेप्टेम्बर २७, २०२६, आइतबार सेरिटोसमा एकदिने च्यारिटी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

बिहान ७ बजेबाट Don Knabe Regional Park मा सुरु हुने प्रतियोगितामा आर्टेसिया, सेरिटोस, साइप्रस र आसपासका सहरमा बसोबास गर्ने खेलाडीका ६ स्थानीय टोली सहभागी हुनेछन्। खेल ९ विरुद्ध ९ को ढाँचामा समूह चरणबाट सञ्चालन गरिने आयोजकले जनाएका छन्।

‘बाढीपीडितलाई सहयोग गरौँ, लागुऔषधबाट टाढा रहौँ, स्वस्थ रहौँ र समुदायलाई एकजुट बनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले खेलमार्फत सहयोग र सामुदायिक एकताको भावना बढाउने लक्ष्य राखेको छ।

कार्यक्रमको नेतृत्व अमृत महतोले गर्नेछन् भने किरण थुलुङ सहनेतृत्व तथा मिडिया संयोजनमा रहनेछन्। आयोजक सदस्यहरूमा उत्तम थापा, विक्रम खड्का, रेशम लामा, पेशल थापा, विक्रम रुम्बा, अमित गुरुङ, प्रेम घले, आदित्य पौडेल र दीपेन्द्र राई छन्।

प्रतियोगिता हुने स्थान Don Knabe Regional Park, 9700 Bloomfield Ave, Cerritos, CA 90703 हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *