२०८२ फागुन २७ गते | 11th of March 2026

निर्वाचन आचार संहिता उल्लंघनमा सत्तारुढ दलहरुले नै सक्रिय

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते १४:३५

काठमाडौं १७ भदौ । नेकपा एमालेको स्थायी समितिको बैठक शनिबार बसेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले सरकार र सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितको चरम उल्लंघन गरेको निष्कर्ष हो । बैठकले आचार संहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराउने निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरु स्वयम्ले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरिएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार अभियानमा निर्भयताका साथ सहभागी हुने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ। शान्ति, सुरक्षा सुदृढ बनाई सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार प्रसार अभियानमा जुटने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको सचिव भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *