२०८२ चैत ५ गते | 19th of March 2026

सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते ६:५२

 

सोलुखुम्बु । गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ। दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखिएको छ । सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए। तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो।

नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो। गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ। सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *