२०८२ फागुन २७ गते | 11th of March 2026

डीआईजी नवराज सिलवालले दिए राजीनामा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २७ गते १५:२६

 

काठमाडौँ २७ भदौ । प्रहरी नायव महानिरीक्षकले पदबाट राजिनामा दिएका छन । मंगलबार सर्वोच्च अदालतले विचाराधीन महानिरीक्षकबारेको मुद्दाको सुनुवाइ गर्दै प्रकाश अर्यालको नियुक्तिलाई सदर गरेपछि डीआईजी सिलवालले राजीनामा दिएका हुन्। सिलवालले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै राजिनामा दिएका छन । प्रहरी महानिरीक्षकको दौडमा रहेका सिलवालले प्रहरी संगठनमाथि राजनीतिक हस्तक्षेप भएको र त्यसको सिकार आफू भएको विज्ञप्तीमा बताएका छन्।

सिलवालले प्रहरी संगठन कहिल्यै पनि राजनीतिक प्रभावमा पर्नु नहुने तर यस्तै भइरहेको बताउँदै विज्ञप्तिमा भनेका छन्, ‘प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहेसम्म कानुनी राज्य स्थापित हुन सक्दैन।’ डीआईजी सिलवालले प्रहरीलाई जसरी चलाए पनि हुन्छ भन्ने सोचका कारण प्रजातन्त्रमाथि नै कलंक लाग्न सक्ने आफूलाई चिन्ता लागेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

अन्यायमाथि न्यायको विजयका लागि थियो।’ सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसके पनि देश र देशवासीको माया र सद्भाव प्राप्त गरेकामा खुसी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *