२०८३ साउन ८ गते | 24th of July 2026
खुल्लामन्च : समुदायको आवाज

खुल्लामन्च : समुदायको आवाज

Connecting Community Through Media

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • साहित्य
  • पर्यटन
  • अन्तरवार्ता
  • नेपाल
  • कला
  • प्रवास
    • अमेरिका
    • लस एन्जलस
  • एनआरएन
  • विचार
  • खेलकुद
  • आध्यात्म
  • Donate Us
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • साहित्य
  • पर्यटन
  • अन्तरवार्ता
  • नेपाल
  • कला
  • प्रवास
    • अमेरिका
    • लस एन्जलस
  • एनआरएन
  • विचार
  • खेलकुद
  • आध्यात्म
  • Donate Us

एनआरएन ईलिनोई च्याप्टरको कार्यालय उद्घाटन तथा सिकागोल्यान्डमा “एनआरएन डे” सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते १६:१२

सिकागोल्यान्ड (ईलिनोई)  – “एनआरएन डे २०१७, सिकागोल्यान्ड कम्यूनिटी सेन्टरका लागि कोशेढुंगा” भन्ने नारा सहित शनिबार एनआरएन, ईलिनोई च्याप्टरले सिकागोल्यान्डमा एनआरएन डे मनाएको छ ।

एनआरएनए अमेरीकाका क्षेत्रीय उपाध्यक्ष उमा कार्की थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा च्याप्टरका सम्पूर्ण पदाधिकारीहरूलाई निर्बाचन कार्यालयबाट प्राप्त प्रमाणपत्र बितरण गरिनुका साथै बॉकी केही पदाधिकारीलाई सपथ ग्रहण गराईएको थियो।

सो कार्यक्रममा ईलिनोई च्याप्टरका निबर्तमान कार्यसमितिलाई उक्त कमिटीले बिगत दुई बर्षमा गरेको महत्वपूर्ण कार्यहरूको सम्मान स्वरूप प्रमुख अतिथि मार्फत  मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा ईलिनोई च्याप्टरका युवा संयोजक शंकर मगरले आउने समर मौसममा सिकागोल्यान्डमा पहिलो ईन्टर स्टेट खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनुभयो भने च्याप्टरका कोषाध्यक्ष ललन देबले एनआरएन ईलिनोई च्याप्टरका प्रत्येक पदाधिकारीहरूबाट केही रकम संकलन गरी ईलिनोई स्टेट ईमर्जेन्सी फन्डको स्थापना भएको घोषणा गर्दै सो फन्डलाई बढाउन उपस्थित महानुभाबहरूसंग अपिल गर्नुभयो।

एनआरएन अभियन्ता एबं सिकागो लायन्स क्लबका सभापति रमाकान्त खरेलले एनआरएनलाई नेपाली राजनीतिक प्रभावमक्त बनाउनुपर्ने धारणा राख्दै आजको सन्दर्भमा एनआरएनको भूमिकाको बारेमा प्रकाश पार्नु भयो। सो कार्यक्रममा एनआरएन आईसीसी सदस्य धर्म भट्टराई, एनसीसी सदस्य गोपेन्द्र भट्टराई र प्रीति सागर खत्री, ईन्डियाना राज्य कमिटीका अध्यक्ष राजीव श्रेष्ठ, आयोवा राज्य कमिटीका सदस्य अजय उपाध्यायले आ-आफ्नो धारणा राख्नुभयो।

प्रमुख अतिथि उपाध्यक्ष थापाले सिकागोबाटै आफ्नो एनआरएन को चुनाबी अभियानको शुरूवात गरेको स्मरण गर्दै सम्पूर्ण ईलिनोईबासी धन्यबाद ज्ञापन गर्नुभयो। सो अबसरमा वहॉले एनआरएन हेल्प डेस्कको अबधारणा को बिषयमा प्रकाश पार्नुभयो।

सो एनआरएन डे कार्यक्रमको दोश्रो चरणमा सिकागोल्यान्ड नेपाली कम्यूनिटी सेन्टरको अबधारणाको बारेमा बृहत् अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो।

सो अबसरमा निम्न बिषयमा निम्न महानुभाबहरूले आफ्ना धारणाहरू राख्नुभयो।

१) सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको अबधारणा स् सत्य नारायण चौंधरी (सभापति, एनआरएन ईलिनोई च्याप्टर)
२)सिकागोल्याण्ड कम्युनिस्ट सेन्टरको स्वरूप ईन्द्रकान्त चौधरी (सभापति, सिकागोल्याण्ड थारू सोसाईटी) 
३) सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको बारेमा बिगतमा भएका प्रयासहरू (डा. बिष्णु फुँयाल, अध्यक्ष, नेपाली अमेरीकन सेन्टर)
४) सिकागोल्याण्ड कम्यूनिटी सेन्टरका सम्भाबनाहरू (उदय महर्जन, अध्यक्ष, नेवा अमेरीकन ससोसाईटी)
५) सिकागोल्यण्ड कम्यूनिटी सेन्टरका चुनौतीहरू (रामकृष्ण शाह, अध्यक्ष, सिकागो नेपाली तराईयन सोसाईटी)
६) सिकागोल्याण्ड कम्युनिटी सेन्टर स्थापनामा स्थानीय संघसंस्थाहरूको भूमिका (टेकराज पौडेल, अध्यक्ष, सिकागोल्याण्ड नेपाली फैण्डसीप सोसाईटी)
७) सिकागोल्याण्ड नेपाली कम्यूनिटी र यसका आर्थिक पक्ष (बाला घिमिरे, अध्यक्ष, एन्मा तथा पर्यटन दूत )
८) सिकागोल्याण्ड नेपाली कम्युनिटी सेन्टरको भावीयोजना तथा कार्यनीतिहरू (सुमन वस्ती, पूर्ब अध्यक्ष, एनआरएन ईलिनोई च्याप्टर)

सो अबसरमा समाजसेबीहरू खेम पाठक, जितेन्द्र राणा, शर्मीला फुँयाल लगायतअन्य राज्यबाट पाल्नु भएका अतिथिहरूले पनि कम्यूनिटी सेन्टर स्थापना सम्बन्धी आफ्नो धारणा र सुझाव पस्किनुभयो।

एनआरएन ईलिनोई च्याप्टरका उपाध्यक्ष एवं एनआरएन डे कार्यक्रम संयोजक डिल्ली फुँयालले संचालन गर्नु भएको सो कार्यक्रममा महिला संयोजक कविता नेपाल घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो भने बोर्ड अफ डाईरेक्टर किरण बस्नेतले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा सो कार्यक्रमका सभापति एवं एनआरएन ईलिनोई च्याप्टरका अध्यक्ष सत्य नारायण चौधरीले यो “एनआरएन डे” कार्यक्रमले ईलिनोई च्याप्टरका पदाधिकारीहरूलाई एक भई अगाडी बढ्ने हौसला प्रदान गर्नुका साथै स्थानीय संघ-संस्थाहरूसंग सहकार्य गर्दै अन्य राज्य च्याप्टर तथा केन्द्रीय कमिटी संग सुमधुर सम्बन्ध स्थापित गर्दै सम्पूर्ण एनआरएनको हक़ हितको लागि काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

एनआरएन डे को औपचारिक कार्यक्रम पश्चात एनआरएन ईलिनोई च्याप्टरको नयॉ कार्यालय भवनको उद्घाटन प्रमुख अतिथि उमा कार्की थापा र च्याप्टर अध्यक्ष श्री सत्य नारायण चौधरीले संयुक्त रूपमा गर्नुभएको कुरा कार्यक्रम संयोजक दिल्ली फुँयालले बताउनु भयो।

कार्यालय उद्घाटन पश्चात सोही कार्यालयमा भएको अनौपचारिक छलफलमा सहभागिहरूले ईलिनोई च्याप्टरले युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू ल्याउनु पर्ने, ईलिनोई स्टेटको नेपालीहरूको तथ्यॉक संकलन गर्नुपर्ने, च्याप्टरको वेबसाईटलाई अझ बढी ईन्टरयाक्टिभ बनाई एनसीसीको वेबसाईटसंग जोड्नुपर्ने, एनसीसी र च्याप्टरहरूको बीचको सम्बन्ध अझ मज़बूत र एकअर्काको परिपूरक बनाउन पहल गर्नुपर्ने जस्ता कुराहरूमा सहभागिहरूले सल्लाह दिनुभयो।

एनआरएन ईलिनोई च्याप्टरले बिगत दुई बर्ष देखि अक्टूबर ११ को सप्ताहन्तमा मनाउदै आईरहेको सो एनआरएन डे भबिश्यमा पनि मनाउदै जाने कुरा सो च्याप्टरका बोर्ड अफ डाईरेक्टर चेत नारायण चौधरीले जानकारी गराउनु भयो।

थापा एनआरएन अमेरिकाकी कार्यवाहक अध्यक्ष :

आठौं ग्लोबल सम्मेलनमा भाग लिन एनआरएन अमेरिका अधिकांश पदाधिकारीहरु नेपाल उडेका बखत एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले उपाध्यक्ष उमा कार्की थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको थापाले बताईन ।

 कार्यबाहक दिईएको बारे

श्रीमती उमा कार्की थापा ज्यू,
क्षेत्रिय उपाध्यक्ष
एनआरएनए अमेरिका
महाशया,
उपरोक्त बिषयमा आगामि अक्टोबर १४ देखि १७ काठमान्डौमा  हुने एनआरएनए अन्तराष्ट्रीय समितिको साधारण सभामा म लगाएत अन्य साथीहरु पनि सहभागि हुन जाने भएकाले एनआरएनए अमेरिकको दैनिक कार्य सन्चालनको कार्यभार का.वा. अध्यक्षको रुपमा  मिति अक्टोबर ७ देखि १८ सम्म गर्नु गराउनु हुन अनुरोध गर्दछु।

धन्यवाद
केशव पौडेल
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

लस एन्जलसमा अध्ययनरत दुई ढकाल विद्यार्थीहरुद्वारा गोरखाका विद्यालयमा शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग

लस एन्जलसमा अध्ययनरत दुई ढकाल विद्यार्थीहरुद्वारा गोरखाका विद्यालयमा शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग

अनेसास, लस एन्जलसद्वारा २१३औँ भानुजयन्ती सम्पन्न,  छविरमण सिलवाल लिखित ‘अमेरिकाको घाम’ सार्वजनिक

अनेसास, लस एन्जलसद्वारा २१३औँ भानुजयन्ती सम्पन्न, छविरमण सिलवाल लिखित ‘अमेरिकाको घाम’ सार्वजनिक

राधा–कृष्णको प्रसादमा प्रेम र सेवा : महायज्ञ सफल बनाउन भान्सा टोलीको अथक योगदान

राधा–कृष्णको प्रसादमा प्रेम र सेवा : महायज्ञ सफल बनाउन भान्सा टोलीको अथक योगदान

लस एन्जलसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन : कुल सहयोग ११ लाख डलर

लस एन्जलसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन : कुल सहयोग ११ लाख डलर

महायज्ञमा भक्तजनको अभूतपूर्व सहयोग : छैटौं दिनमै २ लाख ४ हजार डलर संकल्प

महायज्ञमा भक्तजनको अभूतपूर्व सहयोग : छैटौं दिनमै २ लाख ४ हजार डलर संकल्प

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, पांचौं दिन NCC संकल्प तथा दानबाट १ लाख ४२ हजार ८ सय ७८ अमेरिकी डलर संकलन

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, पांचौं दिन NCC संकल्प तथा दानबाट १ लाख ४२ हजार ८ सय ७८ अमेरिकी डलर संकलन

महापुराणको रौनकतामा कलाकारहरूको अतुलनीय योगदान

महापुराणको रौनकतामा कलाकारहरूको अतुलनीय योगदान

पशुपतिनाथ–बुद्ध मन्दिर तथा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ महायज्ञमा सहयोगको वर्षा, चौथो दिनसम्म ४ लाख डलरभन्दा बढी संकल्प तथा दान संकलन

पशुपतिनाथ–बुद्ध मन्दिर तथा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ महायज्ञमा सहयोगको वर्षा, चौथो दिनसम्म ४ लाख डलरभन्दा बढी संकल्प तथा दान संकलन

लस एन्जलस महायज्ञमा तेस्रो दिन १ लाख २३ हजार डलर संकलन

लस एन्जलस महायज्ञमा तेस्रो दिन १ लाख २३ हजार डलर संकलन

ताजा अपडेट

लस एन्जलसमा अध्ययनरत दुई ढकाल विद्यार्थीहरुद्वारा गोरखाका विद्यालयमा शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग

लस एन्जलसमा अध्ययनरत दुई ढकाल विद्यार्थीहरुद्वारा गोरखाका विद्यालयमा शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग

अनेसास, लस एन्जलसद्वारा २१३औँ भानुजयन्ती सम्पन्न,  छविरमण सिलवाल लिखित ‘अमेरिकाको घाम’ सार्वजनिक

अनेसास, लस एन्जलसद्वारा २१३औँ भानुजयन्ती सम्पन्न, छविरमण सिलवाल लिखित ‘अमेरिकाको घाम’ सार्वजनिक

राधा–कृष्णको प्रसादमा प्रेम र सेवा : महायज्ञ सफल बनाउन भान्सा टोलीको अथक योगदान

राधा–कृष्णको प्रसादमा प्रेम र सेवा : महायज्ञ सफल बनाउन भान्सा टोलीको अथक योगदान

लस एन्जलसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन : कुल सहयोग ११ लाख डलर

लस एन्जलसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन : कुल सहयोग ११ लाख डलर

महायज्ञमा भक्तजनको अभूतपूर्व सहयोग : छैटौं दिनमै २ लाख ४ हजार डलर संकल्प

महायज्ञमा भक्तजनको अभूतपूर्व सहयोग : छैटौं दिनमै २ लाख ४ हजार डलर संकल्प

  • अमेरिका :
  • (626) 927 7414
  • Email:[email protected]
Support US:
Quick Links
    • समाचार
    • विश्व
    • नयाँ पुस्ता
    • खेलकुद
    • पर्यटन
    • बिजनेस
    • मनोरञ्जन
Our Team
संस्थापक/प्रधान सम्पादक गोकुल ढकाल
कार्यकारी निर्देशक निदेश अधिकारी
सम्पादक सरस्वती शर्मा (सरु) - विस्कन्सन
सम्पादक सागर श्रेष्ठ - सान फ्रान्सिस्को
सल्लाहकार सम्पादक निर्मल अर्याल
यूरोप प्रमुख बिपिन निरौला
View All

Copyright © 2026 khullamanch.com, All Rights Reserved