२०८२ चैत ६ गते | 20th of March 2026

राष्ट्रपतिद्वारा एकै साथ सात विधेयक प्रमाणीकरण

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३० गते १५:५४

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक प्रमाणीकरण गरेकी छन ।
नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक तथा भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *