२०८१ वैशाख १५ गते | 27th of April 2024

नटुंगिने विवादको यात्रामा एनआरएन अमेरिका : तेहोरो पत्र युद्ध

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २५ गते २२:४९

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका संयोजक (आरसी) गौरी जोशीले आइसीसी सदस्य सिफारिसमा एनसीसीको निर्णय लत्याएर नयां नाम केन्द्रमा पठाएपछि त्यस बिरुद्ध उपसंयोजक (डिआरसी) नबिन शेरचनले केन्द्रिय समितीमा अर्को पत्र पठाएका छन् ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले बहुमतले निर्णय गर्दै तिन जनाको नाम आइसीसी सदस्यका लागी सिफारिस गर्ने निर्णय गरेपनि आरसी जोशीले एनसीसीले निर्णय गरेर पठाएका तिन मध्ये दुई जनाको नाम कटाएर नयां नाम थप्दै अमेरिकाबाट चार जनाको नाम केन्द्रमा पठाएपछि असन्तुष्टी पोख्दै डिआरसी शेरचनले एनसीसीको निर्णय सदर गर्दै अर्को पत्र केन्द्रमा पठाएका हुन् ।

डिआरसी शेरचनले आइसीसीले एनसीसी संग समन्वय गरेर नाम केन्द्रमा पठाउनु भने बमोजिम एनसीसीहरुले पनि नाम सिफारिस गरेकोमा आरसी जोशीले आफुखुसी निर्णय गर्दै एनसीसीले सिफारिस गरेका नाम कटाएर नयां नाम थपेर केन्द्रमा पठाउंदा एनसीसीले अपमानित भएको महस ुस गर्ने र यसबाट डिआरसी र आरसीबीच दरार उत्पन्न हुने हुंदा आफुले एनसीसीको निर्णय सदर गर्दै पत्र पठाएको बताए ।

आरसी जोशीले एनसीसीको निर्णय लत्याएर नाम केन्द्रमा पठाएको भोलिपल्ट नै डिआरसी शेरचनले एनसीसीको निर्णय सदर गर्दै अर्को पत्र केन्द्रमा पठाएपछि आरसी र डिआरसीबीचको बिबाद समेत छताछुल्ल भएको छ ।

एनआरएनए अमेरिकाको हालै बसेको कार्यसमिती बैठकले अमेरिकाबाट आइसीसी सदस्यका लागी शिब कुमार राई, टिका चौधरी र डा. संजिब सापकोटाको नाम सिफारिस गरेको थियो तर आरसी जोशीले राई र सापकोटाको नाम कटाएर अमेरिकाबाट टिका चौधरी संगै पासाङ लामा, राजन त्रिपाठी, र डा. अजर्ना पाण्डे लामिछानेको नाम केन्द्रमा पठाएपछि असन्तुष्ट डिआरसी सेरचनले अर्को पत्र मार्फत एनआरएनए अमेरिकाबाट शिब कुमार राई, टिका चौधरी र डा. संजिब सापकोटाको नाम नै सिफारिस गरेका हन् ।

एनसीसी क्यानडाबाट सिफारिस भएका डा. लक्ष्मी पाठक र अभिमन्य बस्नेतको नाम भने आरसी र डिआरसी दुबैले सिफारिस गरेका छन् ।

शेरचनले एनसीसी अमेरिकाको निर्णय सदर गर्दै पठाएको पत्रमा आरसी र डिआरसीले आफ्नो क्षेत्रका एनसीसीको बिबाद समाधान गर्नुपर्ने ठाउंमा आरसीले नै झनै बिबाद बढ्ने गरि केन्द्रमा पत्र पठाएपछि आफुले बाध्य भएर अर्को पत्र पठाउनुपरेको बताएका छन् ।

यता आरसीले एनसीसी अमेरिकाको निर्णय लत्याइदिएपछि एनआरएनए अमेरिकाका महासचिव बि.आर लामा समेत असन्तुष्ट छन् भने प्रबक्ता बिनोद कुमार तिवारीले आरसीले पठाएको पत्रबारे कार्यसमितीमा छलफल हुने बताएका छन् ।

आरसी जोशी र डिआरसी सेरचनबीच निर्वाचित भएको महिना दिन नपुग्दै बिबाद देखिएपछि आगामी यात्रा सहज नहुने बिश्लेषण गरिएको छ ।

डिआरसी शेरचनले केन्द्रमा पठाएको पत्र :

आदरणीय अध्यक्षज्यू,
महासचिवज्यू लगायत सम्पूर्ण आई सी सी का पधादिकारी तथा सदस्यज्यूहरु
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद

बिषय : अमेरिकाज क्षेत्रको मनोनित आईसीसी सदस्यहरु बारे ।

उपरोक्त बिषयमा हालै मात्र सम्पन्न बिश्व सम्मेलन पश्चात गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद निर्वाचित कार्यसमितिलाई पुर्णता दिने प्रक्रियामा भएको त हामी सबैमा बिदितै छ । कार्यसमितिलाई पुर्णता दिने क्रममा अमेरिकाज क्षेत्र बाट प्रतिनिधित्व गराउनको लागि नामावली पेश गर्ने भनि महासचिव ज्यू द्वारा प्रेसित गरिएको पत्रमा सम्बन्धित एनसीसी संग समन्वय गर्नु भने बमोजिम हामीले अमेरिकाज क्षेत्रमा पर्ने एनसीसी हरु क्यानाडा र अमेरिकालाई नामावली सिफारिश गर्नको लागि पत्राचार गरेका थियौ । सोहि बमोजिम एनसीसी हरुले पनि नामावाली सिफारिश भै आइसकेको यहाहरुमा अनुरोध गर्दछु । एनसिसिहरुलाई नामावली सिफारिशको लागि अनुरोध गर्ने तर सिफारिश गरि पठाएको नामावलीलाई भने बेवास्ता गर्ने गर्यौ भने, यसले एनसिसिले आफु अपमानित भएको महशुस त गर्छ नै त्यसको साथ् साथै एनसीसी र क्षेत्रीय संयोजक तथा उपसंयोजक बीचको सम्बन्धमा पनि दरार आउन सक्छ । आफ्नो क्षेत्रको एनसिसीमा उत्पन्न विवादहरु समाधान गर्नु पर्ने क्षेत्रीय संयोजक र उपसंयोजकले नै एनसिसिले गरेको सिफारिशलाई लत्याएर बिबाद खडा गर्नु पक्कै पनि बुद्धिमानि मान्न सकिदैन । तसर्थ, अमेरिकाज क्षेत्रबाट आइसीसी सदस्यमा मनोनित गर्ने सदस्य एनसिसिहरुले सिफारिश गरेकै नामावली भित्र बाट गर्न गराउन हुन सिफारिशका साथ बिनम्र अनुरोध गर्दछु । एनसिसिहरु बाट सिफारिश गरिएको नामावली तपसिल बमोजिम रहेका छन् ।

१ श्री शिव कुमार राई, अमेरिका
२ डा. संजिव सापकोटा, अमेरिका
३. श्रीमती टिका चौधरी, अमेरिका
४. डा.लक्ष्मी पाठक, क्यानाडा
५. अभिमन्यू बस्नेत, क्यानडा

नबिन शेरचन
क्षेत्रीय उप – संयोजक, एनआरएन अमेरिकाज क्षेत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *