२०८२ फागुन २८ गते | 12th of March 2026

मुकुन्द ढुंगानाको अध्यक्षतामा झापाली समाज, अमेरिका गठन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते ६:०१

अमेरिका ।अमेरिकामा रहेका झापाली तथा नेपालीहरुलाई आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उदेृश्यका साथ झापाली समाज अमेरिकाको गठन भएको छ।डा. शम्भु ढुँगानाको सभापत्तिवमा भएको Teleconference meeting ले मुकुन्द ढुंगानाको अध्यक्षतामा बाक़ी सदस्य कार्यसमितिले मनोनीत गर्ने गरी २५ सदस्यीय समिती गठन गरेको छ।

भेलालाई समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रीय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले विशेष अतिथीको रुपमा सम्बोधन गर्नु भएको थियो। भेलामा NRNA ICC सदस्य बेद बस्नेत, NCC अमेरिकाका उपाध्यक्ष राम कुमार सुवेदी,  डा. गोपी उप्रेतीले पनि सम्वोधन गर्नु भएको उक्त भेलाको सन्चालन निलम बिमलीले गर्नु भएको थियो।भेलाले डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाकार समितीको पनि चयन गरेको छ।

समाजको पदाधिकारीहरुमा अध्यक्ष-मुकुन्द ढुंगाना, उपाध्यक्षहरु साहित्यकार सिता पाण्डे, प्रदीप वस्नेत अनिल ओली महासचिव निलम बिमली र सदस्यहरुमा डा. लिला खतिवडा,  डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला,सावित्रा ओली कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल लाई चयन गरेको छ।साथै भेलाले तदर्थ समितीलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा कमिटी गठन गरी सम्मेलन गर्ने म्यान्डेट दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *