२०८१ जेठ ४ गते | 17th of May 2024

महावाणिज्यदूत ढकालको प्रमुख आतिथ्यमा Hollywood Khabar को प्रथम बार्षिकोत्सव

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ७ गते १२:१४

कृष्ण के सी – नेपाल सरकारका महावाणिज्य दूत तथा ब्यबसायी ऋषि पन्नाखर ढकालज्यू को प्रमुख आतिथ्यमा Hollywood Khabar अनलाइन मिडियाको प्रथम बार्षिक उत्सब डिसेम्वर २३ मा हुने भएको छ।
नेपाली पत्रकारिताको विकासक्रममा बिगत (नेपाल) देखि वर्तमान अमेरिका (Nepali Media Then and Now) सम्म एक अन्तरकृयाका साथमा नेपाली समुदयामा उत्कृष्ट योगदान दिनुहुने व्यक्तिहरु मध्य ५ जनाको लागि कदर पत्र प्रदान गर्ने, एउटा विशेष प्ररियोजनाको थालानी लगायतका योजना सहित प्रथम बार्षिक उत्सब कार्यक्रमको आयोजना गरिएको छ।
स्टेट अफ क्यालिफोर्नियामा दर्ता भएको Hollywood Media & Entertainment LLC द्धारा संचालित hollywoodkhabar.com को पहिलो वार्षिक उत्सब कार्यक्रम बिशेष रुपले आयोजना गर्ने निर्णय कम्पनीले गत अक्टुवर २०१७ मा गरेको हो। कम्पनीले सोही कार्यक्रममा आफ्ना समर्थक, सहयोगी र तथा सहयोद्धाहरुको सुझाब र सल्लाहमा आफ्नो बिशेष योजना समेत प्रस्तुत गर्ने भएको छ।
कार्यक्रममा सान फ्रान्सिस्को बे एरिया तथा ग्रेटर लस एन्जलस क्षेत्र देखि विभिन्न ब्यक्तित्वहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिएको छ।

कार्यक्रम :
डिसेम्बर २३, सांझ ६ बजे
Himalayan Flavors
1585 University Ave Berkeley, CA
डिनरको ब्यबस्था गरिएको छ, यहाँको सुखद उपस्थितिको लागि अनुरोध !

Leave a Reply

Your email address will not be published. Required fields are marked *