२०८३ जेठ २३ गते | 6th of June 2026

हिमानी शाहले गरिन नर्भिक अस्पतालमा अत्याधुनिक एमआरआईको उदघाटन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते १३:३२

काठमाडौं १२ पुस । काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालले सुविधासम्पन्न अत्याधुनिक एमआरआई र सिटी स्क्यान मेसिन थप गरेको छ । बुधबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको पूर्वयुवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन्।

अस्पतालले अत्याधुनिक सुविधासम्पन्न र प्रविधिसम्पन्न थ्री टेस्ला एमआरआई र विश्वकै उत्कृष्टमध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सिटीस्क्यान मेसिन थप गरेको अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जानकारी दिइन्। ‘हामीले आजदेखि सञ्चालनमा ल्याएको सिटी स्क्यान मेसिनमा विकीकरण ८० प्रतिशत भन्दा कम हुन्छ, उत्कृष्ट फोटोका साथै गुणस्तरीय विशेषता रहेको हुनाले यसले मुटु, मष्तिश्क, मांशपेशी, अस्थिरपञ्जर आदि अगंहरुको रोग पत्ता लगाउनको लागि उत्कृष्ट रहेको छ’ चौधरीले भनिन्।

अस्पतालले आगामी पाँच वर्षभित्र थप २ सय शैय्या थप्ने, हाल अस्पतालमा रहेको स्पेसियालिटी सेवाहरुलाई थप सबलीकरण गर्दै विश्वसनीय पार्दै छुट्टै कार्डियोलोजी सेन्टर, डाइजेस्टिभ डिजिज सेन्टर, मदर एण्ड चाइल्ड सेन्टर, अन्तर्राष्र्टिय स्तरको आईभीएफ सेन्टर, पल्मोनरी सेन्टर र छुट्टै ट्रमा केयर सेन्टर सञ्चालन गर्ने लक्ष्य रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *