२०८२ फागुन ३० गते | 14th of March 2026

विश्वप्रकाशको साथमा चितवनमा गुञ्जियाे आधुनिक कांग्रेसकाे उद्घाेष!

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते २२:४१

चितवन – देशव्यापी रूपमा चुनावी पराजयपछि नेपाली कांग्रेस पार्टीकाे सम्भवतः पहिलाे बृहतसभा चितवनकाे टाँडीमा सम्पन्न भएकाे छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्त सभामा वक्ताहरुले पराजयकाे गम्भीर समीक्षा गर्दै आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने साझा धारणा व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रभावशाली नेता शर्माले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताकाे साझा पार्टीकाे रुपमा स्थापित गर्ने उद्घाेष गरेका छन्।

‘हामी अाफू बदलिन्छाैं, कांग्रेस बदल्छाैं, जाे अाफूलार्इ बदल्न सक्दैनन् तिनले कांग्रेस बदल्न सक्दैनन्’, शर्माकाे प्रश्न थियाे – ‘सक्नेले संसार बदल्न सक्छन्, कांग्रेस बदल्न किन सक्दैनन्?’

नेता शर्माले जाे–जाे बदलिन्छन्, तिनले नेतृत्वले लिन्छन् भन्दै नबदलिनेहरुले बिदा लिने प्रश्न पारेका छन्।

पूर्वी चितवनका दुर्इ हजारभन्दा बढी कार्यकर्ताकाे सहभागिता रहेकाे उक्त कार्यक्रमलार्इ सम्बाेधन गर्दै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले अबकाे साझा एजेण्डा कांग्रेसमा परिवर्तन रहेकाे बताएका छन्।

सम्मान कार्यक्रम र वनभाेजसहितकाे उक्त सभामा नेपाली कांग्रेसका पूराना नेता एकनाथ भाट, जिल्ला सभापति जितनारायण श्रेष्ठ, युवा नेता दिनेश काेइराला, उत्तम आचार्य, रुपन घिमिरे लगायतले बाेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *