२०८२ फागुन ३० गते | 14th of March 2026

ताङतिङमा काँग्रेसको चुनावी सभा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते २:३१

पोखरा, २५ वैशाख ।
नेपाली काँग्रेसले मादी गाउँपालिका २ ताङतिङमा आइतवार चुनावी सभा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कास्की काँग्रेसका सभापति कृष्ण केसीले गाउँको विकास र समृद्धिका लागि यो वा त्यो पाटी नभनी नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न गाउँबासी सबैलाई आग्रह गरे । उनले १९ वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावमा सिंह दरबारको अधिकार गाउँमा आएको हुँदा सबै जनता सचेत भई चुनावमा सहभागी हुनुपर्ने बताए ।
वडा संयोजक गगन सिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी देवीजंग गुरुङ, उपाध्यक्षका प्रत्यासी प्रभावश्री गुरुङ, नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज के.सी, काँग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङ, तरुण दलका सागर गुरुङ, २ नम्बर वडाका अध्यक्ष प्रत्यासी भोजबहादुर गुरुङ लगायतले देश विकासका लागि काँग्रेसको विकल्प नभएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *