२०८२ चैत ७ गते | 21st of March 2026

प्रदेश-४ : राष्ट्रिय सभामा कांग्रेसलाई एक सिट बोनस जीत

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २४ गते १५:०९

पोखरा – राष्ट्रिय सभामा प्रदेश–४ बाट ६ सिटमा विजय हासिल गर्ने स्थिति हुँदाहुँदै वामगठबन्धन ५ सिटमा सिमित हुन पुगेको छ।

दुई सिटमा मात्र जित्ने हैसियतमा रहेको नेपाली कांग्रेसले भने ३ सिटमा विजय हासिल गरेको छ।

कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भएसँगै बुधबार भएको निर्वाचनमा कांग्रेसका थप दुई उम्मेदवारले विजय हासिल गरेपछि यो प्रदेशबाट कांग्रेसका तीन जना सदस्य राष्ट्रिय सभामा पुग्न सफल भएका छन्।

अपाङ्ग कोटाबाट एमाले उम्मेदवार रामबहादुर थापाले पुरानो परिचयपत्रका साथ उम्मेदवारी दर्ता गरेपछि कांग्रेसका प्रकाश पन्थलाई बोनस जित हासिल हात लागेको हो।

एमालेका थापाले ०५७ को परिचय पत्र पेश गरेपछि कांग्रेसका पन्थको उजुरीमा निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेको थियो।

महिला कोटाबाट बिन्दा राना आले र सुरेन्द्रराज पाण्डेले पनि विजय हासिल गरी यो प्रदेशबाट राष्ट्रिय सभासम्मको आफ्नो यात्रा सुरक्षित गरेका छन्।

यो प्रदेशबाट वामगठबन्धनबाट माओवादी केन्द्रबाट दीननाथ शर्मा (खुल्ला), हिमबहादुर बिक (दलित) र एमालेबाट गणेश तिमिल्सिना (खुल्ला), दीपा गुरुङ (महिला) विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *