२०८२ फागुन २६ गते | 10th of March 2026

नेविसंघ अमेरिकाका सभापती महेन्द्र शाहद्दारा समितिलाई पूर्णता

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १४ गते २३:५९

न्यूयोर्क – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अमेरिका च्याप्टरले पूर्णता पाएको छ ।

अमेरिकाको लागि अध्यक्ष वनेका महेन्द्र शाहले जारी गरेका विज्ञप्ति अनुसार  तीन जना उपाध्यक्ष, एक महामन्त्री र पाँच जना सहमहामन्त्री , कोषाध्यक्ष तथा १९ जना सहित कूल ३० सदस्यीय कमिटी सहित पूर्णता दिइएको हो ।  यसरी गठन भएको समितिको उपाध्यक्षमा भेषराज कँडेल न्यूयोर्क, सुधिर वस्नेत न्यूयोर्क, डा. प्रमोद पन्थ लुजिआना रहेका छन् । 

यसैगरी नव गठित समितिमा उज्जवल भाटले महामन्त्रीको जिम्मेवारी पाएका छन् । सह महामन्त्रीहरुमा गुप्तराज जोशी टेक्सास, सूर्य शाह न्यूयोर्क, मदनराज कडायत सान्फ्रान्सिस्को,  ई.सौरभ देवकोटा टेक्सास, अजित घिमिरे क्यालिफोर्निया रहेका छन् । समितिको कोषाध्यक्षमा दीक्षा शाही टेक्सास रहेकी छन् ।

अन्य सदस्यहरुमा बाबुराम धामी भर्जिनिया, सरना महत न्यूयोर्क, अजित ठकुरी न्यूयोर्क, आहाना पौडेल आयोवा, विष्णु पोख्रेल न्यूयोर्क, धिरेन्द्र चन्द न्यूयोर्क, सुरेन्द्र निरौला टेक्सास, केशव वली न्यूयोर्क, महेश वुढाथोकी न्यूयोर्क, दिपक चालिसे न्यूयोर्क, चन्दन थापा मिजौरी, अशोक ओझा न्यूयोर्क,  प्रदीप परियार न्यूजर्सी, आशिष ढकाल न्यूयोर्क ,दिपक खडका पेन्सलभेनिया, भरत संग्रौला न्यूयोर्क, ललित चन्द न्यूयोर्क, उमंग रानाभाट क्यालिफोर्निया र रमेश अधिकारी न्यूयोर्क रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *