२०८१ वैशाख १५ गते | 27th of April 2024

जम्दैछन गीतकार ध्रुव अम्गाई चिनारी एल्बम मार्फत

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २४ गते १९:१८

काठमान्डौं । गोर्खा जिल्ला फुजेल गाबिस वाड नम्बर ५ मा जन्मिएका धुर्ब प्रसाद अमगाई पछिल्लो समयका चर्चित गीतकारको रुपमा परिचित छन् ।

रास्ट्रिय तथा सुगम संगीतका सम्पूर्ण बिधासमेत् समेटेर भर्खर मात्र गीतकार अपगाईको ” चिनारी” नामक गीतिसंग्रह भर्खर मात्रै सार्बजनिक भएको छ ।

सार्वजनिक भएको छोटो समयमै “चिनारी” एल्बमका गितहरुले चर्चा बटुल्न सुरु गरेका छन् । “भबिस्य” नामक गीति एल्बम  मार्फत सन् २०१० मा नेपालि सांगीतित आकाशमा प्रवेश गरेका गीतकार अपगाईको यो दोस्रो एकल एल्बम हो ।

प्रबासमा रहेर पनि आफ्नु शिर माथि रास्ट्र, रास्ट्रियता र चन्द्र सुर्य झण्डालाइ आफ्नु शिर भन्दा माथि राख्ने गीतकार अपगाईको यो भनाई  मात्र नभएर चिनारी एल्बमका गीतहरुले प्रस्ट पारेको छ ।

रास्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार हरुको समिश्रणको अर्को नाम हो गीतिसंग्रह “चिनारी” । यस एल्बममा चर्चित गायक गायिका हरु

१ रामकृष्ण ढकाल (बिहानीको घामको झुल्को)

२ नरेन्द्र प्यासी (एकजुट बनौ नेपालि एकतानै शक्ति हो )

३ मनोज राज & अन्जु पन्त (नजुरेको लगन हाम्रो)

४ चेतन सापकोटा (मखमली चोलीमा ढाकाको तुना)

५ प्रमोद खरेल ( फुल दिउत ओइली जाला)

६ रामचन्द काफ्ले (वारीमा खोला पारीमा खोला)

७ जुनु रिजाल (कैले मायाँ यता लायौ)

यी गीतहरुको उत्कृस्ट म्युजिक भिडियो हरुको निर्माणले गर्दा चिनारी एल्बम धेरै आमसंचार माध्यमहरुको खोजीको बिषय बनेको छ   ।

एल्बमका नजुरेको लगन हाम्रो,  फुल दिउत ओइली जाला, एकजुट बनौ नेपालि एकतानै शक्ति हो जस्ता चर्चित गीतहरुको निर्देशन चर्चित निर्देशक शिशिर श्रेष्ठले गरेका हुन् भने जनता डिजिटल & फिल्मस् को ब्यानरमा निर्माण भएका यी भिडियो हरुको  सम्पादन अमृत चापागाईले गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *