२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएन अमेरिकामा सल्लाहकारहरु मनोनयन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते १९:५९

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले सल्लाहकार चयन गरेको छ ।

शनिबारको कार्यसमिती बैठकले दुई पुर्ब अध्यक्ष सहित लामो समयदेखी एनआरएन अभियानमा लागेका व्यक्तिहरुलाई समेटेर सल्लाहकार चयन गरेको एनआरएन अमेरिकाका प्रबक्ता बिनोद तिवारीले जानकारी दिनुभयो ।

प्रबक्ता तिवारीका अनुसार बिद्यान अनुसार दुई जना कार्यसमितीका पुर्ब अध्यक्षलाई सल्लाहकारमा चयन गर्नुपर्ने प्राबधान भएकोले एनआरएन अमेरिकाका पुर्ब अध्यक्षद्धय खगेन्द्र जिसी र शिब कुमार राईलाई सल्लाहकारमा चयन गरिएको हो ।

यस्तै बैठकले डा. बिनोद शाह, डा. राजन पन्त, डा. पुरु श्रेष्ठ, कृष्ण कोइराला, उत्तम कार्की, डेण्डी शेर्पा, डा. बिश्णु फुयाल, सीता खरेल तथा अर्जुन सिग्देललाई सल्लाहकारमा चयन गरेको छ । त्यसैगरी गोबिन्द श्रेष्ठ, कृष्ण खनाल, श्याम काजी गुरुङ, डा. रुद्र अर्याल, नेडेन डोङ्गला र टिका चौधरीलाई सल्लाहकारमा मनोनित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *