२०८१ वैशाख १५ गते | 27th of April 2024

राजन थपलियाको पुस्तक अमेजनमा ‘टप टेन’

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १ गते १:०७

न्युयोर्क – न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको पुस्तक फिफ्टी फाइभ इयर्सको किन्डल भर्सन अमेजनमा टप टेन बेष्ट सेलरमा परेको छ । साहित्य विधा अन्तरगत अफ्रिकन अमेरिकन मिस्ट्री, थ्रिलर र सस्पेन्स पुस्तकहरुको सुचीमा थपलियाको पुस्तक टप टेनमा पर्न सफल भएको हो ।

४३ बर्ष जेलमा बसेर निस्किएको व्यक्तिको कथामा आधारित यो पुस्तक किन्डलमा दर्जनौंपटक डाउनलोड भएपछि १५ नम्बरमा आएको थियो । त्यसपछि केहीदिन पुस्तकले किन्डलमा १० औं नम्बर कायम गर्न सफल भएको थियो ।

प्रिन्ट भर्सनमा समेत उपलब्ध राजन थपलियाको यो पुस्तक ४ महिना अगाडि प्रकाशित भएको थियो ।

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

थपलियाको यो १२ औं कृति हो । थपलियाका यसअगाडिका ११ पुस्तक प्रिन्टमा उपलब्ध छन् । यसअघि उनको पुस्तक शतप्रतिशत जीवन अर्थात् हण्ड्रेड पर्सेन्ट लाइफ बजारमा आएको थियो । जेलबाट छुटेपछि पनि आफ्नो बाल्यकालको सपना पूरा गरेका काल्पनिक पात्र डानियलको कथाले जीवनमा केही गर्न नसकेको भन्दै निराश हुनेहरुलाई समेत उच्च मनोवल प्रदान गर्ने लेखकको अपेक्षा छ ।

यो कथा पछि उपन्यासका रुपमा प्रकाशित हुने थपलियाले जानकारी दिएका छन्, खसोखासले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *