२०८२ असोज २७ गते | 13th of October 2025

दीपिकाले पछारिन् प्रियंकालाई

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ६ गते ११:२८

मुम्बई – बलिउडका दुई हिरोइनहरु दीपिका पादुकोण र प्रियंका चोपडालाई धेरैले तुलना गरेर हेर्छन्।

उनीहरुको पारिश्रमिकसम्म प्रतिस्पर्धा हुने गरेकाे बताइन्छ।

दीपिकाले पछिल्लो पटक प्रियंका चोपडालाई लोकप्रियताको मामिलामा उछिनेकी छिन्। भारतमा पहिलो पटक घोषणा गरिएको इन्स्टाग्राम अवार्डमा प्रियंकालाइ पछि पार्दै दीपिकाले ‘मस्ट फलोड अकाउन्ट’ टाइटल जितेकी हुन्।

इन्स्टाग्राममा दीपिकाका २२.४ मिलियन फलोअर्स छन्। प्रियंका चोपडालाई २२ मिलियनले फलो गर्छन्। तेस्रो नम्बरमा आलिया भट्ट छिन्। मार्च २०१८ सम्म उनका २०.८ मिलियन फलोअर्स भएका छन्।

पछिल्लो समय दीपिका पादुकोणको चर्चा निकै बढेको छ। फिल्म पद्मावतको रिलिजका क्रममा भएको विवादका कारण उनकाे चर्चा निकै नै भयाे। साे फिल्ममा गरेकाे अभिनयका लागि कतिपयले उनलाई ज्यान मार्ने धम्की दिएका थिए। कसैले नाक काट्ने धम्की समेत दिएका थिए। सो फिल्ममा उनले निर्वाह गरेको भूमिकाका कारण पनि दीपिका चर्चाको शिखरमा रहिन्।

अर्कोतर्फ प्रियंका पछिल्लो समय हलिउडमा व्यस्त रहिन्। उनी विश्वव्यापी रुपमै सशक्त बन्दै गएकी छिन् ।
-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *