२०८२ फागुन ९ गते | 21st of February 2026

‘बुद्ध जन्मेको देश नेपाल’ लेखिएका बस चीनका सडकमा (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १६ गते ९:१६

ग्वान्जाओ – चिनियाँ बसले पहिलो पटक बुद्ध र कुमारीका तस्बिर बोकेर नगर परिक्रमा गर्दै नेपाल प्रवद्र्धन थालेका छन्।

ठूला शहरमा चल्ने बसमा पर्यटन र व्यापार प्रवद्र्धन गर्ने चिनियाँ शैली पछ्याउँदै दक्षिण चीनको ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूताबासले नेपाल प्रवद्र्धन सुरु गरेको हो।

दूताबासका अनुसार ग्वान्झाओबाट चल्ने सिटी बसमा नेपाल झल्कने र चिनियाँलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने गरी लुम्बिनी, शाक्यमुनि बुद्ध , कुमारी, स्वंयम्भुनाथ लगायतको तस्बिर र स्लोगनले रंगिएका बस सञ्चालन सुरु गरिएको हो।

‘बसमा बुद्ध जन्मिएको देश भनेर चिनियाँ भाषामा लेखिएको छ’, ग्वान्झाओका व्यावसायी नविन बिकेले भने, ‘यो प्रत्येक दिन लाखौं मान्छेले हेर्नेछन्, जुन सन्देशले विभिन्न भ्रम चिर्न केही हदसम्म मद्दत गर्नेछ।’

दूताबासले भने बसबाट गरिएको नेपाल प्रवद्र्धनले दशौं हजार मानिसलाई छुने र उनीहरू नेपाल भ्रमणमा उत्प्ररित हुने विश्वास लिएको छ, नेपालखबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *