२०८२ चैत २ गते | 16th of March 2026

टेक्सासमा नयाँ बर्षको शुभकामना कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते ११:३४

प्लनो/ टेक्सास –  नेपालीहर को नया वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम भव्य रूप मा टेक्सास को प्लनो मा सम्पन्न गरेका छन । हाम्रो नेपाली समाज को आयोजना मा आयोजित शुभकामना आदन प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत को आयोजना गरिएको हाम्रो नेपाली समाज प्लनो का अध्यक्ष केशव रेग्मी ले जानकारी दिनु भयो ।  नेपाली हरूले आफ्नो नेपाली नया वर्ष लाई उल्लासमय रूप मा मनाऊन कार्यक्रम आयोजना गरिएको हास्य अभिनेता नारायण त्रिपाठी ले वताऊनु भयो । पुराना संस्था का पदाधिकारी हरू साना संस्था मा नवस्ने ठुला ठुला पद ओगट्न तिर लाग्दा यस क्षेत्र मा ख़ासै नेपाली हरू रहे पनि केन्द्रित हुन सकिरहेको थिएन अहिले हाम्रो नेपाली समाज गठन सगै नया पन को झल्को दिने गरि कार्यक्रम को आयोजना गरेको र रमाईलो भएको सहभागी हरू ले महसुस गरेको थिए ।

डालस शक्ति केन्द्र संचालक आचार्य गुरू तुलसी राम कड़ेल प्रमुख अतिथि रहनु भएको उद्घघाटन समारोह मा स्वस्ति वाचन नेपाली राष्ट्रिय गान सहित तथा पानस मा वत्ती वालेर कार्यक्रम को उद्घाघाटन गरि कार्यक्रम सुरू गरिएको थियो । 
संस्था का संरक्षक एव प्रमुख सल्लाहकार वरिष्ठ हास्य अभिनेता नारायण त्रिपाठी ले स्वागत भनाई सहित सस्था स्थापना गर्नका कारण र सस्था ले लिने उद्देश्यका वारे मा आफ्ना सारगर्भिक भनाइ राख्नु भएको थियो । 

कार्यक्रममा मिरा भट्ट अर्थ राज कोईराला प्रकाश गौतम लगायत ले नया वर्ष को शुभकामना सहित आफ्ना विचार राख्नु भएको थियो । कार्यक्रममा हास्य अभिनेता नारायण त्रिपाठी गायक नविन सापकोटा रितेश तिमिल्सेना र मन्जु काप्रीले गायन प्रस्तुति दिनु भएको थियो भने कमला अधिकारी ले नया वर्ष शिर्षक को कविता वाचन गर्नु भएको थियो । मुन भट्टको जोडदार नृत्यले सांस्कृतिक कार्यक्रम को रौनक थपेको थियो । कार्यक्रम मा विविध खेलकुद प्रतियोगिता को आयोजना गरिएको र खेलकुद आयोजना गर्न सस्था का सल्लाहकार प्रकाश भट्टले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम सस्था का महासचिव अनिल ओझाले सालिन तरिकाले सचालन गर्नु भएको थियो भने सस्था का अध्यक्ष केशव रेग्मी को अध्यक्षता मा कार्यक्रम सचालन भएको सस्था का उपाध्यक्ष सुकदेव रानाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *