२०८३ जेठ २६ गते | 9th of June 2026

चर्चित पण्डित दिवाकर प्रसाद भण्डारीको विशेष अभिनन्दन, भण्डारीलाई सनातन भागवत रत्नको उपाधि

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ९ गते ५:५६

काठमान्डौं – विश्व हिन्दु महासंघको संस्थागत सदस्य रहेको विश्व हिन्दु युवा संघले चर्चित पण्डित दिवाकर प्रसाद भण्डारीलाई विशेष अभिनन्दन गरेको छ । राजधानीमा एक भव्य कार्यक्रम गरी संघले भण्डारीलाई विशेष अभिनन्दन गरेको हो । श्रीमद्भागवत महापुराण मार्फत् राष्ट्रको विभिन्न स्थानमा विकास निर्माण लगायत सनातन हिन्दु राष्ट्र पुर्नस्थापना, हिन्दु धर्म संस्कृति तथा परम्पराको संरक्षण सहित समाज सेवाको क्षेत्रमा अतुलनीय योगदान दिएकोमा संघले भण्डारीलाई अभिनन्दन गरेको हो । संघले भण्डरालाई सनातन भागवत रत्नको उपाधि पनि दिएको छ ।

भण्डारीले मुलुकका विभिन्नमा स्थानमा गरी ५ सय भन्दा बढी श्रीमद्भागवत महापुराण वाचन गरिसक्नु भएको छ । भण्डारी देशव्यापी संजाल रहेको अध्यात्म चिन्तन केन्द्रका प्रमुख संरक्षक हुनुहुन्छ । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध मृदुभाषी भण्डारी लामो समय देखि चामुण्डा माविमा पनि आबद्ध हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *