२०८१ वैशाख १८ गते | 30th of April 2024

पोखरा लेखनाथ १ मा एमालेको प्यानल बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते १:३६

पोखरा, २ जेठ ।
जारी मतगणना अनुसार कास्कीको पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमालेकी उम्मेदवार शारदा पराजुलीले ३ सय १७ मत बढी ल्याएर बिजयी भईन् । उनले १ हजार १ सय १३ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय ९६ मत पाएका छन् । खुल्ला सदस्यमा एमालेकै रुद्र प्रसाद चुवाई र शाहारा प्रधान, दलित महिला सदस्यमा प्रेम देवी परियार तथा महिला सदस्यमा प्रेम कुमारी साई निर्वाचित भएकी छिन् । वडा नम्बर १ बाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा एमाले नै अगाडी छ । एमाले उम्मेदवार मान बहादुर जिसीले १ हजार ६५ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले ८ सय ३१ मत पाए । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ५४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सरस्वति गुरुङले ८ सय ४६ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *