२०८२ असोज २८ गते | 14th of October 2025

न्युयोर्कमा वाङ सम्पन्न, तामाङ सोसाइटीले ५ लाख रुपैयां सहयोग गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २५ गते १७:१९

न्युयोर्कमा वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा सम्पन्न भएको छ।  कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा निर्माणधीन बौध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ। 

बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैं गरेको कुरा तामाङले बताउनुभयो। तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममा सोसाइटीकी अध्यक्ष सानुमाया तामाङले सो चन्दा रकम स्तुपा निर्माणको लागि प्रदान गर्ने घोषणा गर्नु भएको हो। 

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष सानुमाया तामाङ 

वाङ अर्थात अभिषेक कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई के कसरी यथार्थपरक बनाउन सकिन्छ भन्नेबारेमा प्रवचन दिनु भएको थियो। लगभग १०० जना उपस्थित महानुभाबहरुलाई बौद्ध गुरुले वाङ प्रदान गर्नु भएको थियो। सो कार्यक्रम न्युयोर्कको क्विन्स स्थित तामाङ सोसाइटी अफ अमेरिकाको सभाकक्षमा सम्पन्न भएको थियो भने कार्यक्रम सोसाइटीका महासचिव बुद्दिमान तामाङले संचालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *