२०८२ फागुन १९ गते | 3rd of March 2026

गोरखाको लखन गाउँपालिकामा माओबादी बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते २३:२३

पोखरा, ४ जेठ ।
गोरखाको शहिद लखन गाउँपालिकामा माओबादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा माओबादीका रमेश थापा र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भईन् । थापाले निकटतम प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार कृष्ण आलेलाई ४ सय ५ मतले पराजीत गरे । थापाको ३ हजार ८ सय ८ मत आउँदा आलेले ३ हजार ४ सय ३ मत ल्याए । अध्यक्षका उम्मेदवार एमाले उम्मेदवार मनोज जोशीले २ हजार ५ सय ५६ र नयाँ शक्ति पार्टीका गोपालबाबु श्रेष्ठले १ हजार ८ सय ११ मत पाए ।
उपाध्यक्षमा तिवारीले निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार सर्मिला श्रेष्ठलाई २ सय २३ मतले पराजीत गरिन् । तिवारीको ३ हजार ७ सय ९८ मत आउँदा श्रेष्ठले ३ हजार ५ सय ७५ मत पाईन् । उपाध्यक्षका उम्मेदवार एमालेकी लुना थापाले २ हजार ३ सय ३२ र नयाँ शक्तिकी कल्पना थापाले १ हजार ८ सय १२ मत पाईन् ।
१, २ र ३ नम्बर वडामा एमाले बिजयी भयो भने ४ र ५ नम्बरमा माओबादी तथा ६, ७, ८ र ९ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् । १ मा जीत बहादुर केसी (एमाले), २ मा अचल बाबु थापा (एमाले), ३ मा गणेश थापा (एमाले), ४ नम्बर वडामा कृष्ण बहादुर पर्जा (माओबादी केन्द्र), ५ मा यम बहादुर राना (माओबादी केन्द्र), ६ मा दिलिप नारायण थापा (नेपाली काँग्रेस), ७ मा शरण श्रेष्ठ (नेपाली काँग्रेस), ८ मा काशिनाथ अंगाई (नेपाली काँग्रेस) र ९ नम्बर वडामा राम प्रसाद लामिछाने (नेपाली काँग्रेस) बिजयी भएका निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।

माओबादी केन्द्र नेपाली कांग्रेस नेकपा एमाले नयाँ शक्ति
रमेश थापा इन्दिरा तिवारी कृष्ण आले सर्मिला श्रेष्ठ   मनोज जोशी लुना थापा गोपाल श्रेष्ठ कल्पना थापा
३८०८ ३७९८ ३४०३ ३५७५ २५५६ २३३२ १८११ १८१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *