काठमान्डौं – युवा क्लब भिमादका सचिब संसार (गणेश) सुबेदीलाई ज्यान मार्ने उद्देश्यका साथ गत दिपावलीको राती २०-३० जनाको केहि समुहले खुकुरी इट्टा आदिको प्रयोग गरि ज्यान लिने हिसाबले आक्रमण गरेका थिए ! भिमाद बजार को केप्मस टोलमा भएको झडपमा बाग्टर र मलेबगर भन्ने दुई टोलबीच झगडा सुरु भएको थियो । यही क्रममा आफ्नो मोटर साइकल सर्भिसको मिस्त्रीलाई पिटेपछि साथीहरुसंग दीपवाली मनाईरहेका सुबेदीलाई फोन गरेर बोलाईएको थियो र करिब १० बजे राती उक्त जानकारी पाएपछि घटनास्थल पुग्दा गाडीबाट ओर्लन नपाउदै हतियारधारी २०-३० जनाको समूहले एक्कासी पछाडीबाट खुकुरी, इट्टा र रडले आक्रमण गरेका थिए ।
भिमाद बाग्टर बस्ने सुरज नेपाली (नेप्टे) को टोली ले आक्रमण गरि मरिसक्यो भनेर सुबेदीलाई आक्रमण गर्दा , ४-५ जना प्रहरी तेही घटनास्थलमा दर्शक बनेर हेरी रहेका थिए ! प्रहरीलाई मेडिकलसम्म पुराईदेउ भन्दा पनि प्रहरीले मानेनन् र सामान्य पट्टि बाधी उपचारको लागि पोखरा फिष्टेल हस्पिटल लगिएको थियो आक्रमण गर्ने मुख्य सुरज नेपाली (नेप्टे) आफै आत्मसमर्पण गरि रात को दुई बजे प्रहरी चौकी बेलचौतारा थुनामा पुगेका थिए। उता बल्ल बल्ल बांचेका सुबेदीको उपचार हुदै थियो । थप उपचारको लागि भोलिपल्ट आईतबार काठमाडौँ जानखोज्दा तनहुँ बेलचौताराको प्रहरी इन्स्पेक्टर श्रवण बि .कको आदेशमा निज सुबेदी र उहाँको बुवालाई, सुबेदी माथि उजुरी दर्ता गरिएको छ भन्दै काठमाडौँ जान लागेकालाई प्रहरी चौकी गैरापाटन पोखरा मा चार घण्टा थुनियो ।
उपचार त गर्न पाउन पर्यो नि भनेपछि, कास्की मेडिकल सेवा पोखरामा उपचारको लागि लगियो । कास्की सेवा मेडिकलमा बस्दा एकजना प्रहरी २४सै घण्टा सुबेदीको निगरानीमा रहेको थियो र तनहुँको दमौलीका डि एस पीसंग निज सुबेदीले फोनमा मलाई किन प्रहरीले निगरानीमा राख्दै छ, अस्पतालममा किन मेरै रुमभित्र नै प्रहरी बसिरहेको छ भनेर प्रस्न गर्दा तनहुँका डि एस पी ले आफुमाथि कुनै मुद्दा दर्ता नभएको र स्वतन्त्ररुपमा आफ्नो उपचार गर्न पाउने बताएका थिए ।

तर यता भने पोखरामा राती सुत्दा प्रहरीले एक दिन राती ढोका लातिले हान्ने, अर्को राती त झन् सुतेकै बेला हत्कडी लगाउने प्रयास गरेको पिडित सुबेदीले बताएका छन् । आफै पिडित छु, आफैलाई आक्रमण गरेर ज्यान लिन खोज्दा भगवानको कृपाले बांचेको म, उल्टै मलाई नै दोषी बनाएर, प्रहरी चौकी बेल्चौतारमा मुद्दा हालेको छ भन्दै प्रहरीले दुर्र्व्यबहार गरेर मानसिक पिडा दिएका थिए ।
जबकी आफुलाई आक्रमण गर्ने टोलीको मुख्य नाइके नेप्टे अर्थात् सुरज नेपाली, आफैले आक्रमण गरेको स्विकारी आफै आत्मसमर्पण गरेर चौकी पुगेको छ, उल्टै आफुलाई नै दोषी बनाउन खोज्दै बेलचौतारा प्रहरीका इन्स्पेक्टर श्रावन बि.कले आफुलाई उपचार हुन पनि नदिई, मानसिक तनाब दिए । सुबेदीका परिवारले ज्यानमार्ने अभियोगको जाहेरी दिन खोज्दा धेरै दिनसम्म बेलचौताराको इन्स्पेक्टर बि क ले दर्ता लिन मानेनन् ।
प्रहार गर्ने सुरज नेपाली का टोलीले झुटो आरोप लगाई, सुबेदीलाई नै दोसी बनाई मुद्दा हाल्ने प्रयत्न गरिरहेका थिए । गणेश सुबेदीलाई उपचार गर्न समेत नपाउनेगरी अस्पतालमा आफ्नो रुम भित्र दैनिक प्रहरीको क्रियाकलापले मानसिक तनाब भइरहेको बताए । आफुलाई केहि दिन थप उपचार गर्नुपर्ने, आफ्नो परिवारले ज्यान मार्ने मुद्दा/जाहेरी दर्ता गर्न खोज्दा, उनीहरुले पनि दर्ता गर्छ, त्यसकारण इन्स्पेक्टर बि .क ले ज्यान मार्ने मुद्दा दर्ता गर्न नदिएर सुबेदी परिवार बाध्य भएर सुरज नेपाली माथि सार्बजनिक मुद्दा हाले ।
त्यसपछि सुबेदी हिजो कार्तिक २९ गते बिहिबार थप उपचार को लागि काठमाडौ पुगेका छन् । आफुलाई हतियार सहित हमला गर्दा पनि भिमाद प्रहरी दर्शक भएर बसेको, पोखरामा उपचार गर्दा प्रहरीले तनाब दिएर थप उपचार गर्न काठमाडौँ जान नपाएको, पिडित सुबेदी घटनाको बारेमा आफैले तिन मिनेटको भिडियो मार्फत नेपाल सरकार, नेपाल प्रसाशनलाई आफ्नो बांच्ने अधिकार खोई भनेर प्रश्न गरेका थिए । आफुलाई अन्याय गरेर, थप उपचार गर्न नदिएर, प्रहरीले यातना दिएको भन्दै मानब अधिकारबादीहरुलाई पनि सहयोगका लागि आफुले जानकारी दिएको बताएका छन् ।
- पीडित सुवेदीको आफन्तको बयानमा आधारित – सं ।