नेपाली जनसम्पर्क समिती, अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ । उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय कार्य समितिका सभापति आनन्द बिष्टको सभापतित्वमा बसेको केन्द्रिय बैठकले केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ ।
२२ तारिख शनिवारका दिन सम्पन्न हुने उक्त सभाका लागि अमेरिकाका च्याप्टरका सभापती तथा पदाधिकारीहरु, केन्द्रिय कार्य समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार, महासमिती सदस्यहरु, नेपाली कांग्रेसदलसंग आबद्ध रहेका शुभेक्छुकहरु सहित करिव ३ सय जना को सहभागी हुने अनुमान गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्र बिहान राखिएको छ भने उक्त ऐतिहासिक साधारण सभाको लागि माउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसका अन्य नेताहरु समेत अमेरिका आउनुहुने भएको छ । नेपाल भ्रमणमा रहेका समितिका उपसभापती धर्मराज श्रेष्ठ र केन्द्रिय सदस्य अमृत भट्टराईले सभापति देउवालाई भेटी नेजस केन्द्रिय समितिको तर्फबाट निमन्त्रणा – पत्र बुझाउनुभएको छ ।
एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिकामा रहेका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ । नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ l
केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्ने भएको छ l सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा, बिधान संशोधन तथा मस्यौदा समितिमा पिताम्बर भुषाल तथा स्मारिका प्रकाशन र प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ ।
केन्द्रिय उपसभापति तथा ‘साधारण सभा मुल तयारी समिती’ का संयोजक केशब बरालले वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने, सँस्था तथा शाखा को कार्यदिशा तय गर्ने, मार्गदर्शन, बिधान परिमार्जित गर्ने, शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल गरिने जानकारी दिनुभएको छ ।
गत हप्ता आगामी साधारण सभालाई भब्य बनाउन डिसी महानगर क्षेत्र वरपरका संघ/संस्था तथा जन सम्पर्क समिति लगायतको बैठक बसेको थियो भने उक्त बैठकमा पवन खनाल, केदार तिमिल्सिना, मुक्ति दवाडी, मधु पन्थी, दधि ढुंगाना, राम मिश्र, देशराज संयोग, यम सिटौला, लक्ष्मी गौडेल, केशब बराल, पदम राज रेग्मी, रामशरण हुमागाई, भरत रेग्मी तथा मुक्तिनाथ पन्थको उपस्थिति रहेको थियो ।
जनसम्पर्क समिति, अमेरिकाका सभापती आनन्द बिष्टले संस्थाको यो ऐतिहासिक साधारण सभाले संस्थालाई मुर्त र जागरुक राख्न अझ टेवा पुग्ने कुराले आफु अत्यन्त खुशी रहेको जनाउनुभएको छ । ‘संस्थाभित्र साना-तिना झमेलाहरु नदेखिएका होईनन, एक होईन, दुई होइन – तीन तीन चोटी पार्टीका केन्द्रिय पदाधिकारीहरुको रोहवरमा समस्या सामाधान गरिएको नजीर रहेकोले अझै केही समस्याहरु भए संस्थाको साधारण सभामा छलफल गरौं’ सभापती बिष्टले थप्नुभयो ‘यो भन्दा ठुलो ऐतिहासिक अवसर ईतिहासमा फेरी नआउला ।’ संस्थाको निती, नियम र ईतिहासलाई सर्बोपरी सम्झेर यो प्रथम साधारण सभा सफलताका लागि सबैलाई एक्बद्द भएर अघी बढ्नुहुन जनसम्पर्कका सम्पूर्ण आदरणीय सदस्य एवम शुभचिन्तक महानुभावहरुलाई सभापती बिष्टले आग्रह गर्नुभएको छ ।