२०८२ असोज ६ गते | 22nd of September 2025

प्रचण्ड–माधव पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २० गते १४:३३

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार १९ पृष्ठ लामो पत्र पेश गरेको छ ।
पत्रमा निर्वाचन आयोगले पार्टीको प्रथम अध्यक्ष को र द्वितीय अध्यक्ष को भनेर तोक्न नसक्ने दावी गर्दै पार्टीका कमिटीहरुले विधानअनुसार गरेका निर्णय र संविधान तथा प्रचलित कानुनमा टेकेर फैसला गर्नुपर्ने तर्क गरिएको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्‍यो । तर आयोगले ११ माघमा  दुबै पक्षको दाबी मानेन   ।

त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको नेता राजेन्द्र पाण्डेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *