२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रचण्ड-माधव समूहको नेपाल बन्दको प्रभाव, जनकपुरमा दुईजना पूर्वमन्त्रीसहित १४ जना घाइते

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २२ गते ११:०२

काठमाडौं – संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको  विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले बिहीबार नेपाल बन्द बन्द गर्‍यो ।

बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् । बन्दमा बिहीबार विहानै काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको छ । बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका कतिपय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

जनकपुरमा बन्द गराउन हिँडेका नेकपाको दाहाल–नेपाल समूहका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुईजना पूर्वमन्त्रीसहित १४ जना घाइते छन्। जनकपुरधामस्थित शिवचोकमा प्रहरीले बन्द गराउन पुगेका प्रदर्शनकारीमाथि बल प्रयोग गरेपछि झडप भएको थियो। झडपमा दुई पूर्वमन्त्री, एक नगरपालिकाका प्रमुख, एक प्रहरी जवान सहित १४ जना घाइते भएका हुन्।  प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियालाई चोट लागेको छ।  झा र बरबरियाको टाउकोमा र पूर्वमन्त्री मातृकाको खुट्टामा चोट लागेको छ। पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *