२०८१ वैशाख २४ गते | 6th of May 2024

‘कानुनको पालना गर्नुस्, हप्किदप्की होईन’- प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २२ गते १४:०८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिए ।

‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताए । ‘उहाँहरुले यो बन्द गर्नु नै हुन्थ्यो आज । गर्ने कोसिस गर्नुहुन्थ्यो बन्द त खासै भएन । जनतालाई अलिअलि दुख त दिनुभयो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *