काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका बीचमा जाने कि अस्थिरताका पक्षमा भनी प्रश्न गरेका छन । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि सम्बोधन गर्दै ओलीले देश चुनावतर्फ गयो–गयो भन्दै चुनावले कसको सरकार बन्ने भन्ने फैसला गर्ने बताए ।लोकतन्त्रको भविश्य उज्जल छ । लोकतन्त्र सुदृढ छ’ ओलीले कसैले प्रतिगमन नसोचे हुन्छ भनेर चेतावनी दिए । ‘अस्थिरता होइन चुनावतर्फ जाउ म भन्छु । देशले सुन्नेगरी भनिदिनुस्, अस्थिरता होइन चुनाव चाहियो,’ ओलीले आफै नारा लगाए । उनले जनता के भन्छ ? भन्दै ‘अब सबैले सुन्यो होला’ भने । उनले प्रचण्ड माधवहरुले निर्वाचन आयोगहरुलाई धम्की दिएको भन्दै आफुहरु त्यस्तो धम्की नदिने बताए ।![](https://www.khullaManch.com/wp-content/uploads/2021/02/147169906_3773199629402457_4983886854902087652_n.jpg)
‘अब देश चुनावमा गयो–गयो, सरकार कसको बन्छ भन्ने फैसला चुनावले गर्छ’, प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश संकटमा पर्छ भनेर षड्यन्त्र गरेको भन्दै जनताको चेतनास्तरमाथि उठेकाले कसैले लोकतन्त्र नमासिने बताए । ‘उहाँहरुको जस्तो हामी धम्की दिँदैनौ । आग्रह गर्छौँ,’ ओलीको भनाइ छ । ‘केपी ओली हटाउनुपर्छ, देशलाई भड्खालोमा हाल्नुपर्छ भन्नुहुन्छ उहाँहरु । के त्यो स्थायित्व हो र ?,’ प्रश्न गर्दै उनले प्रचण्ड माधवहरुले व्यक्तिगत अहंकारका लागि संसद पुनर्स्थापनाको माग अघि सारेको बताए । ![](https://www.khullaManch.com/wp-content/uploads/2021/02/146926161_3773200059402414_5403297424840627855_n.jpg)
उनले सरकार र पार्टीलाई काम गर्न नदिएको, फेरि पहिलेकै जस्तो समिकरणको जोरजामको राजनीति गर्न खोजेको भन्दै कामै गर्न नपाउने अवस्था भएपछि ताजा जनादेशमा जान संसद विघटन गर्नुपरेको दाबी गरे । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी पनि दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अव नेपाल अशान्ति र हिंसामा जान सक्दैन,’ ओलीको भनाइ छ । ओलीले आजबाट कुन पार्टी मूल र सक्कली भन्ने फैसला भएको भन्दै अझै कुन पार्टी मूल हो भन्ने अन्योल छ भने त्यसलाई कठैबरा भन्नुपर्ने बताए ।