२०८१ वैशाख २४ गते | 6th of May 2024

श्वेतपत्र जारी गर्ने तयारीमा प्रचण्ड नेपाल समुह , ओलीले लोकतन्त्रको हत्या गरेको प्रचण्डको भनाई

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २४ गते १५:१३

काठमाडौ – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पाटी का तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।
‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।  अध्यक्ष  प्रचण्डले आफूहरु कसरी संविधानको रक्षा गर्ने भन्ने चिन्ताका साथ लागिपरेका बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया पहिलेदेखि नै नभएको भन्दै बीचमा सुध्रिएको ठानिएपनि घटनाक्रमले सच्चिएको नपाइएको बताए ।  प्रचण्डले ओलीको पक्षमा पार्टीदेखि संसदसम्म कहिँकतै पनि बहुमत नरहेको भन्दै अल्पमतमा रहेपनि उनले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेको जिकिर गरे । कुनैपनि हालतमा ओलीको प्रतिगामी कदम फिर्ता हुनुपर्ने भन्दै प्रचण्डले प्रजातन्त्र भनेको बहुमतको शासन भएको पनि बताए । अल्पमतमा रहेका ओलीले लोकतन्त्रको हत्या गरेको प्रचण्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *