२०८१ वैशाख २३ गते | 5th of May 2024

सँयुक्त आन्दोलनको पक्षमा देखिएन काँग्रेस ,महामन्त्री कोईराला भन्छन – कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाए काँग्रेसको भविष्य उज्वल छ

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २६ गते १३:३०

काठमाडौं – प्रतिनिधीसभा बिघटनको बिरोधमा नेपाली काँग्रेस सशक्क्तरुपमा नलागेको आरोप काँग्रेसलाई लागिरहँदा  काँग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलद्वारा काठमाडौंमा आयोजित संकटमा संविधान विषयक विचार गोष्ठिमा महामन्त्री कोइरालाले काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताए ।

काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाई छ । उनले भने,  ‘नेपाली काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन । संयुक्त आन्दोलनमा गए काँग्रेसलाई घाटा हुन्छ ।’महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके काँग्रेसको भविष्य उज्वल रहेको उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाई छ । नेता रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा काँग्रेस नलाग्ने पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *